Tuesday, April 16, 2024
Homebreaking-newsकर्मको भोग

कर्मको भोग

- Advertisement -spot_img

उल्लासमा श्वास सरेर जान्छ
विहारको हार झरेर जान्छ ।
म सोच्छु बेग्लै हुन जान्छ बेग्लै
छ जिन्दगीको उपहार यस्तै
।। १ ।।
न जन्म मेरो मनले दिएको
न हुर्किने हात स्वयम् लिएको
निमित्तको सार विचार गर्दा
स्वकर्मले जिन्दगी यो दिएको
।। २ ।।
चाहे फुटाऔँ अनगिन्ती पत्थर
चाहे दिलाऔँ सुनका नयाँ घर
जे हुन्छ त्यो हुन्छ हुँदैन हुन्छ जे
स्वकर्मको भोग यही छ अन्तर
।। ३ ।।
कर्तव्यको मार्ग स्वकर्म केवल
यही छ निर्णायकको महाबल ।
बुझेर सत्कार्य गरे जुनी जुनी
मिल्नेछ आनन्द सुरम्य पावनी
।। ४ ।।

छन्दः उपेन्द्रवज्रा
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here