Saturday, March 23, 2024
Homeमुख्य खबरकर्णाली बैंकको सेवा विस्तार

कर्णाली बैंकको सेवा विस्तार

- Advertisement -spot_img

तुलसीपुर, १७ भदौ । कर्णाली डेभलपमेन्ट बैंकले सेवालाई थप प्रभावकारी बनाउने बिषयमा दाङमा अन्तरक्रिया गरेको छ । घोराहीमा शनिबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सेवाग्राहीलाई थप प्रभावकारी सेवा दिन अपनाउनुपर्ने रणनीतिका बिषयमा समेत छलफल गरेका थिए । वाणिज्य तथा विकास बैंकहरुले दिई रहेको सेवामा कर्णाली डेभलपमेन्ट बैंकले पनि सहज र सरल तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा उनीहरुको सुझाव थियो । दाङ, बाँके र बर्दियामा गरी हाल पाँचवटा शाखा सञ्चालन गरेको कर्णाली डेभलपमेन्ट बैंकले आगामी दिनमा थप दुई जिल्लामा शाखा विस्तार गर्ने तयारी गरेको बैंकको तुलसीपुर शाखाका प्रबन्धक सुमन बस्नेतले जानकारी दिए । बैंकका सहायक कार्यकारी प्रमुख दिनेश रावतको अध्यक्षतामा शनिबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ प्रबन्धक निरज विक्रम शाह,आईटी प्रमुख ईन्द्रजीत घर्ती, एच.आर प्रमुख हरिहर श्रेष्ठ, कर्जा प्रमुख मुकेश गौतम, तुलसीपुर शाखा प्रमुख सुमन बस्नेत, घोराही शाखा प्रमुख हेमन्तराज रेग्मी लगायतले बैंकलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विषयमा बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here