Thursday, March 28, 2024
Homeमुख्य खबरकमैया पुनःस्थापना गर

कमैया पुनःस्थापना गर

- Advertisement -spot_img

कमैया मुक्ति घोषणाको १८ वर्ष पूरा हुँदासम्ममा पनि राज्यले उनीहरुको उचित ब्यवस्थापन गर्न सकेको छैन । मालिकको घरमा कमैया बसेर जीवन निर्वाह गर्नेहरुलाई तत्कालिन देउवा सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषाणा गर्दै केहीलाई पुनःस्थापनाको चरणमा समेत लगेको देखिएको छ । पश्चिम तराईका जिल्लाहरुमा रहेका कमैयाहरुलाई दासताको जीवनबाट मुक्ति दिने सरकारी कदम सह्रानीय भएपनि उनीहरुको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्नु र व्यवस्थापन गर्न नसक्नु राज्यको लाचारीपन मात्रै हो । मुक्त भएको १९ दिवस मनाइ रहेका मुक्त कमैयाहरुले १८ वर्ष पुनःस्थापनाको माग गर्दै आन्दोलनमै सीमित भएका छन् ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५ सय ९ घर मुक्त कमैयाहरु त्यतिबेला मुक्त घोषणा भएका थिए । ती घोषाणमा परेर सबैजना अहिलेसम्म पनि पुनःस्थापना हुनसकेका छैनन् । चार तहमा विभाजन गराईएका मुक्त कमैया अहिलेसम्म पनि पूर्णरुपमा पुनःस्थापना हुन नसक्नुले राज्यको उदासिनता देखाएको छ । नेपालमा परम्परागत रुपमा चल्दै आएको कमैया बस्ने परम्परालाई हटाउँदै कमैयाको मुक्ति घोषणा हुनु राम्रो हो । कोही पनि दासतामा बस्नु हुँदैन । सबै मानिस स्वतन्त्र रुपमा बाँच्न र रहन सक्ने वातावरण सबै क्षेत्रबाट हुनुपर्छ । जमिनदारको नोकर भएर पुस्तेनी शोषण दमनको अवस्था मुक्तिसँगै मुक्त भएपनि उनीहरुको पीडालाई राज्यले अहिलेसम्म सम्वोधन गर्न नसकेर थप पीडामा पारिराख्नु स्वभनीय होइन । उनीहरुको राज्यले पुनःस्थापना गरेर सहज जीवनयापनको बाटोमा लैजानुपर्छ । घोषणाको १८ वर्ष पूरा हुँदासम्ममा पनि राज्य यसमा गम्भीर नदेखिएको पाइएको छ । यो अवस्थालाई तकाल हटाएर मुक्त भएका कमैयाहरुलाई तत्काल पुनःस्थापना गरेर उनीहरुको उजित ब्यवस्थापन गर्नु सक्नुपर्छ ।
१८ वर्ष पुग्दा कमैयाहरु फरक–फरक प्रकृतिले चिनिन थालेका छन् । आफ्नै बलबुताले कोही आर्थिक तथा सामाजिक र राजनीतिक रुपमा सम्पन्न र प्रभावशाली भइसकेका छन् भने कति कमैयाको अवस्था कमैया बसेको भन्दा पनि कमजोर र पीडादायी रहनुले राज्यले कमैयाप्रतिको सोचलाई फराकिलो बनाउन नसकेको प्रष्ट देखिन्छ । तसर्थ कमैया मुक्तिलाई भाषण र नीतिमा मात्र हैन अब राज्यले ब्यवहारमा कार्यान्वयन गरेर बाँकी रहेका मुक्त कमैयाहरुलाई तत्काल पुनःस्थापना प्रक्रियामा लैजानु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here