Friday, March 29, 2024
Homeफिचरकपुरकोटमा कर्णाली स्वागत द्वार

कपुरकोटमा कर्णाली स्वागत द्वार

- Advertisement -spot_img

सल्यान, २२ मंसिर । नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा सल्यानमा कर्णाली प्रदेश स्वगत द्वारको उद्घाटन गरिएको छ । जिल्लाको कपुरकोटमा निर्माण भएको स्वागत द्वारको शनिवार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिमबहादुर सेनले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
संविधानसभा सदस्य रहदा सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ६ लाख र कर्णाली सरकारको १० लाख रूपैयाँ गरी जम्मा १६ लाख रूपैयाँको लागतमा स्वागत गेट निर्माण भएको निर्माण समितिका अध्यक्ष भुवनेश्वर गौतमले जनाए । उक्त रकममध्येबाटै गेट नजिक प्रतिक्षालयसमेत निर्माण गरिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले सडक, विद्युत, खानेपनी, विद्यालय भवन, कृषिको क्षेत्रमा काम भैरहेको बताए । उनले कपुरकोटमा केही ठूला योजना गाउँपालिकासँग मिलेर गर्न लागिएको बताए ।
कर्णाली प्रवेश गर्ने मुख्य दुई नाका बबई र कपुरकोट रहेको जनाउँदै अर्थमन्त्री ज्वालाले कपुरकोट क्षेत्र बेमौसमीले पनि प्रख्यात रहेकोले धेरै मानिसहरू यही नाका भएर साविकको कर्णालीसम्म पुग्न सक्ने बताए ।
यस्तै गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष सेनले यो समय तीनै तहका सरकार मिलेर तिब्र गतिमा विकास गर्ने समय भएको बताए । उनले कपुरकोटमा निर्माण गरिएको स्वागत द्वारमा कोरिएका तस्विरले सल्यान जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरूको प्रचारमा टेवा पु¥याएको उल्लेख गरे ।
शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा पूर्व जिल्ला विकास सभापति उदय बोहरा, कपुरकोट गाउँ कार्यपालिका सदस्य ठकवीर विकलगायतले मन्तव्य राख्दै विकासमा विभेद हुन नहुने र कुनै पनि विकास दिगो हुनुपर्ने बताएका थिए ।
यसैबीच कपुरकोट रिम सिनवाङ सडकअन्तर्गत घट्टेखोला रिम सितल बजारसम्म फराकिलो बनाएको सडकको पनि शनिबार नै उद्घाटन गरिएको छ ।
कर्णाली प्रदेश सरकारले उक्त सडक फराकिलो बनाउन एक करोड रूपैयाँ विनियोजन गरेको थियो । यस्तै मन्त्री ज्वालाले त्रिवेणी गाउँपालिकाको सल्लेखोलामा निर्माण भएको सहकारी भवनको पनि उद्घाटन गरेका छन् ।

दाङ–सल्यान सडक स्तरोन्नतिः ज्वाला

यसैबीच कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड छिट्टै स्तरोन्नती हुने बताएका छन् ।यस अघि तुलसीपुरदेखि सल्यानको सीमासम्म ४९ करोड र सीमानादेखि सल्यानतर्फको भागमा ४९ करोडको टेण्डर आह्वान भएको तर टेण्डर आह्वान गर्ने मन्त्रालयको गल्तीको कारण टेण्डर रद्द भएको जनाउँदै उनले अब फेरि छिट्टै टेण्डर हुने बताए ।
यस बारेमा संघीय सरकारको अर्थ, भौतिक मन्त्रालयसँग र सडक विभागसँग कुरा गरिएको जनाउँदै ज्वालाले सडक व्यवस्थित गरेरै छाड्ने दाबी गरे ।यस्तै कर्णालीको राजधानी जोड्ने दुई सडक पनि यसै बर्षदेखि काम हुने बताए । सल्यान खलंगादेखि कुपिण्डे हुँदै बालुवा संग्रही जोड्ने सडकमा संघबाट ५ करोड र प्रदेश बाट ४ करोड विनियोजन भएको बताए ।
यस सडकमा केही काम पहिले नै भैसकेको पनि बताए । ज्वालाले सुर्खेत जोड्ने अर्को मुख्य सडक लुहामदेखि काभ्रा हुँदै कालिमाटी सडकमा पनि एउटा ११ करोड र अर्को १० करोडको टेण्डर भैसकेको बताए । यो सडकले कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकालाई लाभ हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here