Tuesday, April 16, 2024
Homeमुख्य खबरएसईई नतिजा सार्वजनिक

एसईई नतिजा सार्वजनिक

- Advertisement -spot_img

काठमाडौँ, १२ असार । एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । २०७५ साल चैत महिनामा सञ्चालन भएको एसईईको परीक्षाको नजिता बिहीबार सार्वजनिक गरिएको हो । नजिता अनुसार १६ हजार ८२ जनाले ए प्लस ल्याएका छन् । प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा ९ हजार ५ सय ९६ छात्र र ७ हजार २ सय ८६ छात्रा छन् ।
यस्तै, ४८ हजार ९ सय ६० ले ए जीपिए ल्याएका छन् । जसमा २७ हजार २ सय ७९ छात्र र २१ हजार ६ सय ८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, ७४ हजार १ सय १० ले बी जीपिए ल्याएका छन् । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् । यस्तै, ६० हजार ७ सय ६ जनाले बी प्लस जीपिए ल्याएका छन् ।
जसमा ३४ हजार १ सय ६६ छात्र र २६ हजार ५ पाँच ४० छात्रा छन् । ९७ हजार २ सय ९९ ले सी प्लस ल्याएका छन् । जसमा ४५ हजार ७ सय ८९ छात्र र ५१ हजार ५ सय १० रहेको परीक्षा बोर्डले जनाएको छ । सी जीपिए ल्याउने ९५ हजार २ सय ९ जता छन् । जसमा ४२ हजार ८ सय ८३ छात्र र ५३ हजार ३ सय ३६ छात्रा छन् ।
४३ हजार ८ सय ४० जना विद्यार्थीको डी प्लस छ । जसमा छात्रतर्फ १९ हजार १ सय ३३ र छात्रातर्फ ३४ हजार ७ सय ७ रहेका छन् । चार हजार ४ सय २९ जनाले डी जीपिए ल्याएको बोर्डले जनाएको छ ।
गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ ९ हजार छ सय ३३ परीक्षामा सहभागिता जनाएका थिए । परीक्षामा छात्रतर्फ ६ हजार १ सय ९ र छात्रा ३ हजार ५ सय २३ छात्रा सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा चार लाख ७५ हजार ३ परीक्षार्थी सहभागी थिए ।
यसैबीच दाङको घोराहीमा रहेको माउण्टभ्यू इङ्लिस बोर्डिङ स्कुलकी भावना पोख्रेलले एसईईमा ४ जिपिए ल्याएकी छन् ।
उनी जिल्लामा सबैभन्दा बढी अंक ल्याएको दाबी गरिएको छ । भावनाले ४ जिपीएमा ४ जिपीए नै शतप्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ ।
सबै विद्यालयको एकीन विवरण अझै आइनसकेकाले जिल्लाको सम्पूर्ण नजिता भने सार्वजनिक हुन सकेको छैन ।
अमर सेकेन्डरी स्कूल कालाखोलाका दुईजना विद्यार्थीले जिपीए ३ दशमलव ९ ल्याएको विद्यालयले बताएको छ ।
विद्यार्थी अनुप बुढाथोकी र मञ्जिला रिजालले ३.९ जिपीए ल्याएका छन् । त्यसै तुलसी आवासीय मावि तुलसीपुरका दुईजना विद्यार्थीले पनि ३.९ जिपीए ल्याएका छन् । आदर्श चन्द र आदर्श कँडेलले यो अंक ल्याएका हुन् ।
सेन्टर माविको दावी
सामुदायिक विद्यालयतर्फ मावि तुलसीपुर सेन्टरले आफ्नो विद्यार्थी उत्कृष्ट भएको दाबी गरेको छ । विद्यालयकी छात्र मनिषा विकले ३ दशमलब ६८ जिपीए ल्याएको र सामुदायिकतर्फ यो नै उच्च जिपीए भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले दावी गरे । उनले गत वर्षको एसईईमा पनि विद्यालयका विद्यार्थी नै उत्कृष्ट भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here