Tuesday, April 16, 2024
Homeफिचरएन प्याब्सन तुलसीपुरमा न्यौपाने

एन प्याब्सन तुलसीपुरमा न्यौपाने

- Advertisement -spot_img

तुलसीपुर, ८ कार्तिक । एन प्याब्सन दाङको उपमहानगरपालिका स्तरीय समिति गठन गरिएको छ । उपमहानगरपालिका स्तरीय भेलाले तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा भोजराज न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । यसअघि जिल्ला उपाध्यक्ष रहेका न्यौपानेलाई भेलाले नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लोकेन्द्र बहादुर खड्का, सचिवमा मेघराज पोख्रेल र कोषाध्यक्षमा भुवन वलीलाई सर्वसम्मत रूपमा चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा भागवत भट्टराई, मीनकुमार आचार्य र रोमहर्ष शर्मालाई चयन गरेको छ । दुई सदस्यपछि थप गर्नेछ । त्यस्तै घोराही उपमहानगरको संयोजकमा नरेश कुमार आचार्य र उप–संयोजकमा कुमार नेपालीलाई चयन गरेको छ ।
एन प्याब्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता प्रदेश नम्बर ५ का संयोजक सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यतामा भएको भेलामा बोल्ने वक्ताहरूले सरकारले पर्याप्त तयारीविना नै निजी विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा जान निर्देशन दिएको भन्दै त्यसलाई एन प्याब्सनले नमान्ने बताएका थिए ।
उक्त अवसरमा बोल्दै प्रदेश नम्बर ५ का संयोजक डाँगीले सरकारले सरोकारवाला निकायसँग छलफल र सहमति नगरी एकलौटी ढंगले सामाजिक सुरक्षा कोषमा निजी विद्यालयलाई जान बाध्य पारिरहेको भन्दै त्यसलाई एन प्याव्सनले नमान्ने बताए ।
साथै डाँगीले राज्यले निजी विद्यालयहरूलाई निस्तेज पार्न खोजिरहेको भन्दै त्यसका विरूद्दमा सबै लाग्नुपर्नेमा जोड दिए । साथै डाँगीले स्थानीय पालिकाहरूमा समेत अब चाँडै नै शिक्षा ऐन बन्ने भएको हुँदा त्यसका लागि समेत तयार रहन उनले आग्रह गरे ।
त्यस्तैगरी वर्तमान समय निजी विद्यालयका लागि प्रतिकूल रहेको भन्दै समस्यासँग जुध्न सक्ने व्यक्ति नेतृत्वमा आउन आग्रह गरे । त्यस्तै विशिष्ट अतिथि शर्माले निजी विद्यालयको संरक्षण र सम्वद्र्धनका लागि एन प्याब्सनले धेरै काम गरेको दाबी गरे । संगठनकै कारण धेरै समस्याको समाधान भएको बताए ।
साथै शर्माले निजी विद्यालयहरूका लागि वर्तमान समय प्रतिकूल रहेको भन्दै समस्यासँग जुध्नका लागि तयार रहन आग्रह गरे । उक्त अवसरमा एन प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, घोराही संयोजक नरेश कुमार आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here