Tuesday, March 26, 2024
Homeफिचरएकैदिन थपिए ६८ संक्रमित

एकैदिन थपिए ६८ संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ११ जेठ । शनिबार मात्रै नेपालमा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दिउँसो ३६ जनामा र बिहान ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो । शनिबार बिहानमात्र ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेको नरैनापुरका मात्रै २७ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरूषमा कोरोना पोजेटिभ पुष्टि भएको छ । नरैनापुर–३ बाँकेको राष्ट्रिय प्रावि गोगलीका १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।
उनीहरू १६ देखि ३२ वर्षका पुरूष हुन् । नरैनापुर बाँकेकै ६ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू २२ देखि ५० वर्षका पुरूष छन् । बर्दियाका एकजना १९ वर्षीय पुरूषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी सुर्खेतमा दुई पुरूष र एक महिलाको पिसीआर रिपोर्टसमेत पोजेटिभ आएको छ । शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौंको ३५ वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।
टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरूष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरूष र बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चारजना छन् । आरडीटी पोजेटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरूषको पिसीआर रिपोर्टसमेत पोजेटिभ आएको हो ।
त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पिसीआर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरूषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । रूपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरतपुरमा गरिएको परिक्षणमा ५२ वर्षीय एकजनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
मन्त्रालयका अनुसार संक्रमितको संख्या पुरूष ५०५ र महिला ७९ गरेर कुल ५८४ पुगेको छ । ७० जना निको भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।
अहिलेसम्म प्रयोगशाला परिक्षणमा पिसीआर विधिबाट ४५ हजार नौ सय ५७ र आरडीटी विधिबाट ८६ हजार दुई सय ३५ नमुनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट तीन हजार चार सय ९४ र आरडीटी विधिबाट चार हजार एक सय १९ जनाको नमुना परिक्षण गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here