Thursday, April 18, 2024
Homeमुख्य खबरएकदिने योजना अभिमुखीकरण

एकदिने योजना अभिमुखीकरण

- Advertisement -spot_img

तुलसीपुर, २१ साउन । स्थानीय तहमा दलितसम्बन्धी योजना छनौट गर्न सहज हुने उद्देश्यले दलित महिला संघ दाङ शाखाले तुलसीपुर–१२ हरिपौरीमा योजना निर्माणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम भएको छ ।
नमुना दलित महिला समूहका अध्यक्ष सुमित्रा विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १२ का वडा अध्यक्ष सूर्यबहादुर डाँगीले विगतमा योजना तर्जुमा वैज्ञानिक एवं समावेशी नभएको अहिले आएर पुष्टि भएको बताए । वडा कार्यालयले यस आर्थिक वर्षमा दलितका लागि १० लाख छुट्याएको र उक्त रकम वडाका दलित अगुवाहरुसँग समन्वय गरी सिपमूलक तालिममा खर्च गरिने बताए ।
तालिममा सहभागी हुने दलित समुदायले अनिवार्य व्यवसाय गरेको हुनुपर्ने नत्र कालोसूचिमा राखिने र अर्कोपटक सेवा सुविधा नदिनेसमेत त्यस अवसरमा बताए । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा पनि एकजना दलित रहेकाले न्यायमा दलित समुदायको पहुँच सहज हुने विचार व्यक्त गरेका थिए । दलित महिलाले दलितको बजेट मात्र नभई समग्र महिलाको बजेटमा आफ्नो दाबी पेश गरेमात्र उनीहरुको सशक्तिकरण हुने डाँगीले बताए ।
संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले योजना निर्माण अभिमुखीकरण कार्यक्रममार्फत टोल एवं बस्तीमा समावेशी योजना छनौट गर्न समूहको क्षमतामा वृद्धि हुने भन्दै त्यसको फाइदा समूहका महिलालाई नै हुने विचार व्यक्त गरेका थिए । स्थानीय तहमा हुने विकासका काममा दलित महिलाले आफ्नो सहभागिता खोज्नुका साथै प्रदान गरिने सेवा सुविधाका बारेमा सचेत हुनुपर्नेमा उनले जोड दिएका थिए । अभिमुखीकरण कार्यक्रमको सहजीकरण खेमराज विश्वकर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here