Thursday, April 25, 2024
Homeमुख्य खबरएकदिने बालविवाह न्यूनीकरण तालिम

एकदिने बालविवाह न्यूनीकरण तालिम

- Advertisement -spot_img

तुलसीपुर,
शान्तिनगर गाउँपालिकामा बालविवाह न्यूनीकरणसम्बन्धी बुद्ध मावि शान्तिपुरमा एकदिने विद्यालयस्तरीय अभिमुखीकरण तालिम भएको छ । शान्तिनगर गाउँपालिकामा बालविवाहको जल्दोबल्दो समस्याको रुपमा देखिएपछि बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले तालिम चलाइएको हो । शान्तिनगर गाउँपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धन बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । तालिमको उद्घाटन गर्दै प्रमुख अथिति केसीले समुदाय र विद्यालयस्तरबाटै बालविवाह न्यूनीकरण गर्न जरुरी रहेको बताए । बालविवाहलाई न्यूनीकरण गर्न आ–आफ्नो ठाउँबाट सक्रिय भई सिङ्गो गाउँपालिकालाई नै बालविवाह न्यूनीकरणयुक्त गाउँपालिका बनाउन सबैले सहयोग गर्न आग्रह गरे । उक्त तालिममा कक्षा ८, ९, १० का छात्र छात्रा र शिक्षकशिक्षिका लगायत ६६ जनाको सहभागिता रहेको थियो ।
त्यस्तै तालिममा लेखा अधिकृत टोप बहादुर पार्धे, शिक्षा शाखा प्रमुख घनश्याम वली, लेखापाल कमल पाण्डे र नासु शिव केसीलगायतले बोलेका थिए । आर्थिक वर्ष ०७५÷०७६ को बजेटबाट शान्तिनगर गाउँपालिकाका छवटा विद्यालयहरुलाई बालविवाह न्यूनीकरण गर्न सचेतना कार्यक्रमका लागि महिला तथा बालवालिका कार्यालय शान्तिनगरले एकलाख बजेट छुट्याइएको महिला तथा बालबालिका शाखा कार्यालय शान्तिनगरकी संयोजक गुप्ता अधिकारीले बताइन् । तालिममा शान्तिनगर गाउँपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीले बालविवाह भनेको के हो, बालविवाहले पार्ने असरहरु, बालविवाह गरेपछि २०७४ ले संशोधन गरेको ऐन र बालविवाह न्यूनीकरणमा विद्यार्थी शिक्षकको भूमिका विषयमा प्रशिक्षण दिएका थिए । तालिमको सहजीकरण महिला तथा बालवालिका शाखा कार्यालय शान्तिनगर गाउँपालिकाकी संयोजक गुप्ता अधिकारीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here