Saturday, April 13, 2024
Homebreaking-newsउपमहानगरले बनाएको तालमा डुबेर एकको मृत्यु

उपमहानगरले बनाएको तालमा डुबेर एकको मृत्यु

- Advertisement -spot_img

दाङ, ११ जेठ ।
दाङको घोराही उपमहानगरपालिकाले बनाएको कृत्रिम तालमा डुबेर एकजनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ गुलरियामा निर्माण गरिएको कृत्रिम तालमा २२ वर्षिय युवाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङ प्रहरीका अनुसार रोल्पा घर भई घोराहीको गुलरियामा बस्दै आएका विजय केसीको डुबेर मृत्यु भएको हो । उनी तालको डिलबाट हिड्दै गर्दा तालमा चिप्लिएर ज्यान गएको अनुमान गरिएको छ ।
उनी रोल्पाको रुण्ढीगढी गाउँपालिका वडा नं. ९ का स्थायी बासिन्दा रहेको बुझिएको छ ।

यसअघि पनि सोहि तालमा एकजनाको डुबेर ज्यान गएको थियो । घोराही उपमहानगरपालिको पानी संरक्षणका लागि भन्दै नगरका विभिन्न स्थानहरुमा दुई दर्जन बढी कृत्रिम ताल निर्माण गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here