Thursday, April 18, 2024
Homeमुख्य खबरउपमहानगरले खेलाडीलाई सम्मान गर्ने

उपमहानगरले खेलाडीलाई सम्मान गर्ने

- Advertisement -spot_img

तुलसीपुर, १ साउन । काठमाडौँमा सम्पन्न भएको ११औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा स्वर्णपदक र रजत पदक प्राप्त गरेका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप थप पुरस्कार प्रदान गर्ने भएको छ ।
तुलसीपुर उपमहानगरलाई खेल नगरीको रुपमा स्थापना गर्नका लागि सहभागी खेलाडीहरुले राम्रो भूमिका निभाएको भन्दै उपहानगरपालिकाले उनीहरुलाई थप पुरस्कार प्रदान गर्ने भएको छ ।
११औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तुलसीपुरका ६ जनाले स्वर्णपदक पाएका छन् भने १ जनाले रजत पदक पाएका छन् । स्वर्ण पदक पाउनेहरुमा गोरखा मावि तुलसीपुरमा अध्ययनरत अरुणा रिजालले २ सय मिटर दौडमा, सीमा चौधरीले ट्रिपल जम्पमा, करुणा रिजालले चार गुणा १ सय मिटर दौडमा, सिमन पाण्डेले १ सय मिटर दौडमा, लेखनाथ महरले ४ गुणा १ सय छात्र दौडमा र महेन्द्र मावि तुलसीपुरका वेदबहादुर वलीले ४ गुणा ४ सय मिटर रिले दौडमा रहेका छन् ।
उनीहरुमध्ये सिमा चौधरीबाहेक सबैले यसअघिका सबै रेकर्डहरु ब्रेक गरेका थिए । यसैगरी गोरखा मावि तुलसीपुरकै अभय शाहले कवड्डीमा रजत पदक पाएका थिए ।
राष्ट्रियस्तरको प्रतियोगितामा विभिन्न पदक पाउने खेलाडीहरुलाई नगरप्रमुख घनश्याम पाण्डेले वधाई समेत दिएका छन् । उनले तुलसीपुरलाई खेल नगरीका रुपमा विकास गर्नुको प्रतिफलका रुपमा यस्ता प्रतियोगिताहरुमा उपलब्धि देखिएको बताए ।
साथै प्रतियोगितामा सहभागी भई विभिन्न पदक जितेर तुलसीपुर क्षेत्रको गरिमा बढाएको भन्दै विभिन्न खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । खेलकुद क्षेत्रमा खेलाडिहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नका लागि विभिन्न प्रतियोगितासमेत सञ्चालन गरिने बताए ।
यसैबीच राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा स्वर्ण र रजत पदक प्राप्त गरेका खेलाडीहरुलाई एक समारोहका बीच क्रमशः ५ हजार र ३ हजारका दरले पुरस्कृत गरिने तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपालीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here