Thursday, March 28, 2024
Homeफिचरउत्पादकमूलक उद्योगमा लगानीः राणा

उत्पादकमूलक उद्योगमा लगानीः राणा

- Advertisement -spot_img

घोराही, १० चैत । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष भवानी राणाले उत्पादकमूलक उद्योगमा लगानी लगाउनु पर्ने बताएकी छन्  । आर्थिक समृद्ध गर्नको लागि उत्पादकमूलक उद्योगमा लगानी लगाउन यहाँका व्यवसायीहरुलाई सुझाव दिएकी हुन् ।
‘दाङ आर्थिक समृद्धिको लागि सम्भावना भएको जिल्ला हो’ दाङ जिल्ला उद्योग वाणिज्य संघको १४औँ साधारणसभा तथा ४९आँै स्थापना दिवसको उद्घाटन कार्यक्रममा उनले भनिन् ‘त्यसको लागि लगानीमैत्री वातावरण राज्यले मिलाउनुपर्छ ।’
आर्थिक समृद्धि गर्नको लागि लगानी लगाउन उद्योगी व्यवसायीहरु सक्षम भए पनि राज्यले त्यो अनुसारको वातावरण मिलाउन नसकेको बताइन् । दाङमा पर्यटन, कृषि, औद्योगिक क्षेत्रमा राम्रो सम्भावना भएको बताइन् । त्यसलाई आधुनिकीरण गर्नसकेमा आर्थिक फस्टाउने उनको भनाइ थियो ।
सरकारले व्यवसायीहरुका लागि लगानीमैत्री नीति बनाउनु पर्ने बताउदै उनले उत्पादनमूलक उद्योग स्थापना गर्न ध्यान दिनुपर्ने बताइन्  । कृषि उत्पादन, पर्यटन विकासका क्षेत्रमा लगानी गर्नसकेमा सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली नारा साकार हुने बताइन् ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले व्यवसायहरुलाई लगानीमैत्री वातावरण मिलाउन सकेमा सरकारको योजनालाई सम्पन्न गराउन सहयोग गर्ने बताए ।
‘उद्योगी व्यवसायीहरुलाई लगानी लगाउने र सुरक्षाको ग्यारेन्टी दिनुपर्छ’ कार्यक्रममा उनले भने ‘हामी सहयोग गर्न तयार छाँै ।’ नेपाल उद्योग व्यवसाय महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले व्यापारीमैत्री वातावरण नभएको बताए ।
अझैपनि चन्दा आतङ्क कायमै रहेकाले व्यापारमैत्री नभएको उनले बताए । ‘चन्दा आतङ्क बढ्दै गएको छ’ उनले भने ‘यसको लागि राज्य पहल कदमी चाल्नु पर्छ ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्य उद्योगी व्यवसायीहरुले सरकारले व्यवसायीहरुका लागि लगानीमैत्री नीति बनाउनुपर्ने बताएका थिए ।
व्यवसायीहरुलाइ एकद्वार प्रणालीबाट कर तिर्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका थिए । सरकारलाई लाखाँै रुपैयाँ राजस्व तिर्ने व्यवसायीहरुको सुरक्षा राज्यले गर्न नसकेको बताए । सरकारले कर बढाउनुभन्दा पनि करको दायरा फराकिलो बनाउन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा ५ नम्वर प्रदेशका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी, नेकपा दाङका लक्ष्मण आचार्य, नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, जिल्ला अध्यक्ष सविन प्रियासन, सुरक्षित दाना तथा कुखुरा व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकी,
दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी, किराना व्यवसायी वस्तुगत समितिका अध्यक्ष उपेन्द्र खड्का, घोराही नगर विकास समितिका अध्यक्ष बसन्त चौधरी, बैंक तथा वित्तीय संस्थाका लोकराज पराजुली, घोराही उपमहानगरका प्रतिनिधि शक्तिराम डाँगी, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डे, वडा नं. ५ का अध्यक्ष विष्णुमणि दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव नरेश कार्कीले वार्षिक तथा कोषाध्यक्ष सुशील आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष बसन्त जोशीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना दिवसका अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविष्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकी छन् ।
रिपोर्टर्स क्लव दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले सम्पूर्ण औद्योगिक पूर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसँग हातेमालो गर्ने बताइन् । ‘दुई तिहाइको शक्तिशाली सरकार बनेको छ, अब समृद्धिको आन्दोलनमा ढुक्कसँग लाग्नुस्, अलमलिने अवस्था छैन’ अध्यक्ष राणाले भनिन् ।
संघीयताको मर्मलाई ध्यान दिने हो भने ५ नम्बर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले बताइन् । रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राणाले पर्यटकीय पूर्वाधारका लागि उद्योग वाणिज्य महासंघकै समन्वयमा स्वर्गद्वारी केवलकारको सम्भाव्यता अध्ययन समेत भैसकेको उनले बताइन् । निकट भविष्यमै हुन थालेको लगानी सम्मेलनमा पनि स्वर्गद्वारी केवलकारको विषयलाई महङ्खवका साथ उठाउने उनको भनाइ थियो ।
मुलुकमा भएको राजनीतिक परिवर्तनमा निजी क्षेत्रको अग्र भूमिका रहेको भन्दै नयाँ संघात्मक अभ्यासमा व्यवसायीलाई नयाँ अवसर आएको पनि अध्यक्ष राणाले बताइन् ।
‘मुलुकमा सायद सबैभन्दा बलियो दुई तिहाई बहुमतको सरकार हामीले पाएका छौं, अब सरकारले समृद्धिको आन्दोलनलाई अघि बढाउने पर्दछ’, अध्यक्ष राणाले भनिन्, ‘त्यसका लागि उद्योग वाणिज्य महासंघ सरकारसँग हातेमालो गर्न तयार छ ।’
दुई तिहाइ बहुमतको सरकार समृद्धिका सवालमा अझैपनि अलमलमा परेको बताउँदै उद्योग वाणिज्य महासंघले सरकारलाई आर्थिक समृद्धिको खाका पनि बुझाइ सकिएको दाबी गरिन् ।
उद्योग, व्यापार नीतिमा धेरै नीतिगत जटिलताहरु रहेको भन्दै अध्यक्ष राणाले त्यस्ता त्रुटीहरुको समाधान गर्न आवश्यक नीति ल्याउन सरकारलाई सुझाव दिइएको पनि बताइन् । साथै आम व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरिरहेको अवस्थामा एकीकृत कर प्रणालीको अवधारणा पनि वर्तमान सरकारका अर्थमन्त्रीलाइ महासंघले बुझाइसकेको पनि उनको दावी थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here