Friday, April 19, 2024
Homeफिचरआवश्यकतामा आधारित योजना छनौट

आवश्यकतामा आधारित योजना छनौट

- Advertisement -spot_img

तुलसीपुर, १८ जेठ । विकास योजना आवश्यकतामा आधारित हुनुपर्नेमा एक कार्यक्रका सहभागीले जोड दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार तुलसीपुरमा आयोजना आगामी आर्थिक बर्षको पूर्व बजेट तथा योजना तर्जुमासम्बन्धी अभिमुखीकरणमा सहभागीले जनताको आवश्यकतामा आधारित विकास योजना छनौट गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा पूर्व अर्थ सचिव कृष्णहरी बास्कोटाले स्थानीयको सहभागितामा योजना छनौट गर्नसके मात्रै योजना सफल हुने बताए । उनले योजना नेतामुखीभन्दा पनि जनतामुखी हुनुपर्ने भन्दै स्थानीय जनताको सहभागितामा योजना निर्माण गर्न आग्रहसमेत गरेका छन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तसमेत रहेका बास्कोटसँग नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यापालिका र वडा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिषयगत कार्यालय, नागरिक समाज, नगरबासीलगायत एकथलोमा बसी बजेट तथा योजना तर्जुमासम्बन्धी अभिमुखीकरण गरेका हुन् ।
पूर्व अर्थ सचिव बास्कोटाले स्थानीय सरकारले राजस्वको आयव्यय अनुमान स्थानीय नगर तथा गाउँसभाबाट पारित गरेर योजना छनौट गर्नुपर्ने भन्दै स्थानीय तहको योजना प्रणाली सहभागितामूलक हुनुपर्ने बताए । टोल वा बस्तीस्तरबाट योजना छनौट भएका वडाको प्राथमिकीकरणमा पर्नुपर्ने समेत उनले बताए ।
उनले केन्द्रिकृत अधिकारलाई विकेन्द्रीकृत भएका कोष्टारिका र जर्मनजस्ता देशको इतिहासको बारेमा बताउँदै स्थानीय तहको आधारभूत योग्यताका बारेमा समेत जानकारी गराए ।
‘अहिले स्थानीय तहमा ति कयौं योग्यता पूरा भएको देखिएको छैन् , स्थानीय तहको आफ्नै गेष्ट हाउस सञ्चालनदेखि पुस्तकालय, चिडियाखाना, म्युजियमलगायतका कयौं उपमहानगरमा हुनुपर्छ’ उनले भने ।
जनप्रतिनिधिहरुमा अब्राहम लिंकनको जस्तो बिनम्रता, लालबहादुर शास्त्रीको जस्तो ईमान्दारिता, विलियम इवार्ड ग्ल्याडस स्टोनले जस्तो निष्ठा, यतिन्द्रनाथको जस्तो रोल मोडल, सुक्ररात जस्तो विवेक र समयानुकूल बन्न सक्ने गुण, लक्ष्मीप्रसाद देवकोटा जस्तो दानवीर जस्ता गुणहरु हुनुपर्ने बताए ।
त्यसअवसरमा उपमहानगरले आर्थिक बर्ष ०७६÷७७ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरेको थियो । उपमहानगरका प्रमुख घनश्याम पाण्डेले चारबँुदे सुझाव संकलन फाराम भरी सहयोग गर्न आग्रह गरे ।
सुझाव संकलनका लागि वितरण गरिएको फारामको पहिलो बुँदामा तुलसीपुर उपमहानगरपालिकाको गत र यस आर्थिक बर्षका सबैभन्दा नीति र कार्यक्रमहरु,
दोस्रो बुँदामा आर्थिक बर्ष ०७६÷७७ को लागि नीति, कार्यक्रम र बजेट, प्राथमिकताका आधार, बुँदा नम्वर ३ मा उपमहानगरपालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रममा सुधार गर्नुपर्ने सुझाव र चौथो बुँदामा थप केही सुझाव उल्लेख गरिएको छ । कार्यक्रमको सञ्चालन उपमहानगरपालिका प्रेस संयोजक बसन्त विवश आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here