Friday, April 26, 2024
Homeमुख्य खबरआन्दोलनमा शिक्षक संघ

आन्दोलनमा शिक्षक संघ

- Advertisement -spot_img

दाङ, २ भदौ । शिक्षक सरुवा, प्रधानाध्यापक नियुक्तिलगायतमा विभेद भएको भन्दै नेपाल शिक्षक संघ दाङले आन्दोलनको घोषणा गरेको छ । संघले सत्ता र सत्तारुढ दलको इच्छा पूरा गर्न आस्थाको आधारमा संघमा आवद्ध शिक्षकहरुलाई भेदभाव गरी सरुवा, प्रधानाध्यापक नियुक्तिलगायतका सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष युुवराज बस्नेत र सचिव प्रकाश डाँगीले आइतबार विज्ञप्ति निकालेर जिल्ला शिक्षा विकास विकास समन्वय इकाई, गाउँ र नगर शिक्षा समितिहरुले नेपाल शिक्षक संघका आवद्ध भएका शिक्षकहरुलाई भेदभाव हुने गरी काम गरेको भन्दै त्यस्ता कार्यको विरुद्ध कडा आन्दोलन गर्ने निर्णयमा पुुगेको उल्लेख गरिएको छ ।
सत्ताको आडमा थालिएका यस्ता दुराग्राहीपूर्ण गतिविधिहरुप्रति आपत्ति र खेद प्रकट गर्दै शिक्षाजस्तो अति संवेदनशील र राजनीतिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनीतिक हस्तक्षेप नगर्न विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपले शिक्षाप्रेमीहरुलाई आश्चर्य चकित पारेको भन्दै विज्ञप्तिमा यस्ता विकृति र बिसंगतिहरुलाई अन्त्य गर्न जस्तोसुकै कडा कदम चाल्न पनि नेपाल शिक्षक संघ तत्पर उल्लेख गरिएको छ ।
हस्तक्षेपका विरुद्ध विरोध कार्यक्रमहरु गर्न बाध्य भएको जानकारी गराउँदै विज्ञप्तिमा आफूहरुको विरोध कार्यक्रमहरुले शिक्षा क्षेत्रमा देखापर्ने असुविधाहरु प्रति सम्बन्धित पक्ष नै जवाफदेहि हुनुपर्ने उल्लेख गरिएको छ । आफूहरुको सशक्त विरोधमा सक्रिय रुपमा सहभागी हुन नेपाल शिक्षक संघमा आवद्धमा सम्पूर्ण शिक्षकहरुलाई अपिल गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here