Friday, March 29, 2024
Homeखेलकुदआठौं राष्ट्रिय खेलकुद शुरू

आठौं राष्ट्रिय खेलकुद शुरू

- Advertisement -spot_img

घोराही, २८ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा एकसाथ विषयगत खेलको सुरुवात गरेर प्रतियोगिता सुरु भएको हो ।
जसअन्तर्गत दाङका बुधबारदेखि टेवल टेनिस प्रतियोगिता सुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको कवर्ड हलमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो । महिला र पुरूषको टेबुल टेनिस खेलको उद्घाटन पूर्व युवा तथा खेलकूद मन्त्री दलजीत शेर्पाइलीले गरेका छन् ।
खेलको उद्घाटन गर्दै पूर्व मन्त्री शेर्पाइलीले दाङमा राष्ट्रिय खेलकुद हुनुले दाङको खेलकुदको विकासमा ठूलो टेवा पुगेको बताए । राष्ट्रिय खेलकुदका लागि दाङमा निर्माण भएका पूर्वाधार र संरचनालाई उचित प्रयोग गरेमा जिल्लाको खेलकुदमा ठूलो फाइदा पुग्ने बताए । यो खेलले दाङको खेललाई राष्ट्रियस्तरमा पु¥याउने राष्ट्रिय खोलाडीहरुले पनि दाङको पहिचान बुझ्ने माध्यम सिर्जना भएको बताए ।
शेर्पाइलीले दाङलाई स्पोर्ट सिटी बनाउन आफू खेलकुद मन्त्री हुँदा निर्णय गरेको भन्दै अहिले कार्यान्वयन हुनुले खुशी तुल्याएको बताए । साथै उनले खेलाडीको बिमा, परिचयपत्र, भत्ता, रोजगारको ब्यवस्था गर्नुपर्ने बताए ।
बुधबार प्रदेश र विभागीय टिमबीच ईभेन्टको खेल भएको छ । प्रतियोगिता ३० गतेसम्म चल्नेछ । १० वटा समूहका एकसय आठजना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सातवटा प्रदेशका सात समूह, विभागीय समूह (नेपाल आर्मी, नेपाल पुलिस र एपिएफ)को समूहले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा महिला ५५ र पुरूष ५४ जना खेलाडी छन् । प्रतियोगितामा १२ जना स्थानीय र ३७ जना अम्पायर रहेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा टेबल टेनिस संघ दाङका उपाध्यक्ष अरुण लहरेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

शेर्पाइलीले दाङलाई स्पोर्ट सिटी बनाउन आफू खेलकुद मन्त्री हुँदा निर्णय गरेको भन्दै अहिले कार्यान्वयन हुनुले खुशी तुल्याएको बताए । साथै उनले खेलाडीको बिमा, परिचयपत्र, भत्ता, रोजगारको ब्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपाली, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण जिल्ला खेलकुद विकास समितिका सदस्य तिलक रावतले गरेका थिए । दाङमा सातवटा राष्ट्रिय खेल हुँदैछन् । बिहीबारदेखि घोराहीमै बास्केट बल प्रतियोगिता सुरु हुनेछ ।
आठ वर्षकी बालिका पनि प्रतियोगी
टेबल टेनिस प्रतियोगितामा आठ वर्षकी शुभश्री श्रेष्ठ पनि सहभागी भएकी छन् । उनीसँगै ६७ वषिय पूर्व एसएसपी गोवद्र्धन श्रेष्ठ पनि प्रतियोगीको रुपमा सहभागी छन् ।
यी दुबैजना विभागीय टिम नेपाल पुलिस क्लवबाट खेल्दैछन् । कक्षा ३ मा पढने शुभश्री १४ वर्षसम्मको उमेर समूहलाई पाखा लगाएर प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेकी हुन् । ६ वर्षदेखि टेवल टेनिस खेल्न सुरु गरेकी शुभश्री ८ वर्षमै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सबैभन्दा कान्छी प्रतियोगीको रुपमा रहेकी छन् ।
प्रहरी सेवामा लामो समय रहेका श्रेष्ठ अहिले पनि त्यत्तिकै जागरिला र फूर्तिला छन् । नेपाल पुलिस क्लवको तर्फबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतियोगीको रुपमा भागसमेत लिएका छन् । श्रेष्ठ शुभश्रीका बाजे हुन् भने शुभश्री नातिनी । परिवारमा श्रेष्ठका छोरा, छोरी नातिनी सबै टेबुल टेनिसकै खेलाडी रहेको उनले सुनाए ।
छोरी र म त अन्तर्राष्ट्रियस्तरकै प्रतियोगितामा सहभागी भएका छौँ उनले भने । पूर्व एसएसपी श्रेष्ठले युवा पुस्तालाई खेलप्रति आकर्षण गर्न पनि आफूले टेबुल टेनिसलाई महङ्खव दिएर अहिलेसम्म सहभागी भइरहेको बताए ।
‘जुन कुनै क्षेत्रको जस्तो प्रतिभावान खेलाडीसँग प्रतिस्पर्धा गर्ने आँट राख्छु’ उनले भने ‘कम उमेरका छोरा नातिजस्तासँग खेल्दा धेरै नै आनन्द आउँदो रहेछ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here