Monday, April 15, 2024
Homeखेलकुदआठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सातवटा दाङमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सातवटा दाङमा

- Advertisement -spot_img

घोराही, २५ फागुन । आगामी चैत्र २३ गतेदेखि सुरु हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सातवटा प्रतियोगिता दाङमा हुने भएको छ । छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका विभिन्न खेलहरुमध्ये सातवटा खेलकुदको प्रतियोगिता दाङमा हुने भएको हो । प्रदेशस्तरीय खेलाडी छनोटका लागि विभिन्न विधामा खेलहरु दाङका घोराही र तुलसीपुरमा भैरहेका छन् । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार घोराहीमा व्याडमिन्टन र बास्केट बल प्रतियोगिता हुने भएको छ ।
त्यसैगरी, तुलसीपुरमा कराँते, टेबुल टेनिस, बेलुझुण्डीमा महिला फुटबल, एथलेक्टिस र लमहीमा महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय खेल हुने कोषाध्यक्ष रोकाले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गर्न लागेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र २३ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुनेछ ।
यसैबीच घोराहीमा भएको बास्केट बल प्रतियोगितामा महिलातर्फ रुपन्देही र पुरुषतर्फ बाँके प्रथम भएका छन् । महिला तर्फ बाँके दोस्रो, पुरुषतर्फ रुपन्देही दोस्रो र दाङ तेस्रो भएका छन् । विजयी खेलाडीहरुलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रमाण पत्र र मेडल प्रदान गरे । बास्केटबल प्रतियोगिताका खेल संयोजक रीता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नरुलाल चौधरीले खेलकुदलाई राष्ट्रको गौरवसँग जोड्नु पर्ने बताए । आगामी राष्ट्रिय खेलका लागि घोराहीमा आवश्यक पर्ने सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here