Saturday, March 23, 2024
Homeफिचरआगो र सूर्य झेल्दै सडक व्यापार

आगो र सूर्य झेल्दै सडक व्यापार

- Advertisement -spot_img

तुलसीपुर, २४ जेठ ।
जेठ महिनाको उखरमाउलो गर्मीले शरीर भरी पसिनै पसिना अगडि आगोको ताप त्यस्तै छ । आगो र सूर्यको ताप झेल्दै अधिकांश सडक ब्यापारीहरुले अहिले तुलसीपुरका सडकमा ब्यापार गरिरहेका छन् ।
बढ्दै गइरहेको गर्मीलाई वास्ता नगरी चौक र सडक छेउमा जीविका चलाउन जस्तोसुकै अवस्थामा पनि ब्यापार गर्नुपरेको चौकमा मकै पोल्दै गरेकी कला नेपालीले बताइन् । बजारका सडक तथा चौकहरुमा दिनभर बस्ने खुला व्यापारीहरु बाध्यकारी अवस्था नै यही रहेको उनको भनाइ छ । दैनिकी चलाउन गर्मीको सामना गरेर सडक ब्यापारमा बालकदेखि बृद्धहरुसम्म रहेका छन् । दिउँसोको चर्को घाममा सडकका छेउ तथा चौकमा बसेर व्यापार गर्ने खुला व्यापारीहरुले गर्मीका कारण हैरानी खेप्नु परेको बताएका छन् । यसरी खुलारुपमा बजारका विभिन्न सडक छेउमा बसी व्यापार गरेर जीविका धान्ने व्यापारीहरु पीडा दयनीय जस्तै छ ।
चर्को घामलाई घाम नभनी दिनभर सडकको छेउमा बसेर मकै पोल्ने १३ वर्षिय अभिषेक विकले साह्रै सास्ती भएको बताए । जनश्रम प्रावि कक्षा ६ मा अध्ययन गर्ने विकले पढाइ खर्चकै लागि आमाबुवालाई यसरी नै खर्च जुटाउनमा सहयोग गरेको बताए । आमाको स्वास्थ्य अवस्था कमजोर भएकाले अभिभावकको पेसालाई आफूले निरन्तरता दिएको उनको भनाइ छ ।

दैनिकी चलाउन गर्मीको सामना गरेर सडक ब्यापारमा बालकदेखि बृद्धहरुसम्म रहेका छन् । दिउँसोको चर्को घाममा सडकका छेउ तथा चौकमा बसेर व्यापार गर्ने खुला व्यापारीहरुले गर्मीका कारण हैरानी खेप्नु परेको बताएका छन् । यसरी खुलारुपमा बजारका विभिन्न सडक छेउमा बसी व्यापार गरेर जीविका धान्ने व्यापारीहरु पीडा दयनीय जस्तै छ ।


दिउँसोको घामले गर्दा कहिले काहिँ सडकमै बिरामी हुने गरेको उनले बताए । ‘आर्थिक अवस्था कमजोर छ, साँझ बिहानको खाना र पढ्ने खर्च पुग्दैन’ निधारको पसिना पुछ्दै उनले भने ‘गरिबीकै कारण बजारको छेउमा बसेर यसरी घाम र आगोको सामना गर्नुपरेको छ । फुर्सद र समय मिलेको बेलामा यसरी नै निरन्तर आगो बाल्दै मकै पोल्ने गरेको उनले बताए ।
यस्तै दिउँसोको पोल्ने घाम त्यसैमाथि आगो बालेर मकै पोल्दाको पीडा अझ दुःखी बनाउने खालको भएको कलि विकले बताइन् । बिहान ९ बजे बजारको सडक छेउमा बसेर मकै पोल्ने र राति मात्रै घर जाने गरेको बताइन् । ‘के गर्नु नगरौँ खान पुग्दैन, गरौँ गर्मीले खपी नसक्नु हुन्छ ?’ उनले भनिन, ‘बरु मर्न पाए हुन्थ्यो । उमेरले ६४ पुगेकी कलिले गरिबीको पीडा दिउँसोको गर्मीले झल्काउने बताइन् । साँझ बिहानको पेट पाल्नका लागि दिउँसोको समयमा यसरी मकै बेच्नु परेको उनले बताइन् ।
त्यस्तै तुलसीपरस्थित पुरानो बसपार्क चौकमा मकै पोल्दै गरेकी ५५ वर्षिय सुगमाया विकले पनि यस्तै पीडा सुनाइन् । विगत १५ वर्षदेखि आफ्ना श्रीमान् सम्पर्कविहीन भएपछि यो पेसा अङ्गालेको उनको भनाइ छ । ‘सिम्ला जान्छु भनेर गएका हुन्, अहिलेसम्म आएको छैन’ उनले भनिन्– ‘लेवर काम गर्न सक्दिन त्यसैले यही घाममा मकै पोलेर बस्ने गर्छु ।’ देउखुरीबाट मकै खरिद गरी तुलसीपुर ल्याएर बेच्ने गरेको उनले जानकारी दिइन । दिनभर घाममा बसेर व्यापार गर्दा पनि भने जस्तो व्यापार नहुने उनको दुखेसो छ । धुलोधुँवा र गर्मीसँगै वर्षातको समयले पनि आफूहरुलाई ब्यवसाय गर्न निकै कष्ट हुने गरेको उनीहरु बताउँछन । छायाँ पर्ने स्थानमा गएर मकै पोल्दा घरधनी र पसलेहरुले हटाउने भएकाले सडक र चौकमा बस्न बाध्य भएको उनीहरुले बताए । टाउको दुख्ने, रुघाखोकीले कहिले पनि नछोडेको उनीहरुले बताए । वर्षातको समयमा ओत माग्दै हिड्नु पर्ने अवस्थालाई समेत आफूहरुले सामना गर्नुपर्ने उनीहरुको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here