Friday, March 29, 2024
Homeफिचरआँखाको ज्योती पाउँदा खुशी

आँखाको ज्योती पाउँदा खुशी

- Advertisement -spot_img

देउखुरी ५ चैत । राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोला निवासी सहत्तरी बर्षिय गौरी केसी बिगत तीन बर्षदेखि दुबै आँखा नदेख्ने भएर थला परेकी थिइन् । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँमै निःशुल्क आखाको शिविर बस्यो त्यहाँ उनले चेकजाँच गर्दा पत्ता लाग्यो उनलाई मोतियाविन्दु भएको रहेछ । दुबै आँखा नदेख्ने भएपछि दिसा–पिसावदेखि लिएर हरेक कुराहरु अरुकै सहारामा गर्नुपर्दा साह्रै दुःख लागेर आउने गरेको केसीले बताइन् ।
‘निःशुल्क शिविरमा तपाईको आँखा हामीले देख्ने बनाउँछौँ लमही आउनुहोला भन्नु भाथ्यो तर मलाई विश्वास लागेको थिएन, आज उहाँहरुको कृपाले दुबै आँखा देख्ने भएको छु, संसार उज्यालो देखे’ केसीले खुशी हुँदै भनिन् । ‘अन्यत्र गएर उपचार गरेको भए आँखा देख्न सक्थे की सक्थेन, त्यसैमाथि पैसा धेरै खर्च हुन्थ्यो होला तर लमही आँखा अस्पतालमा पचास रुपैयाँमा तीन बर्ष अघि गुमाएका दुबै आँखाको ज्योति पाएकी छु’ गौरी केसीले खुशी हुँदै भनिन् ।
तीन बर्षसम्म दुबै आँखाको ज्योति गुमाईसकेकी केसीले अब आँखा देख्छु भनेर आशा मारिसकेको बताइन् । आर्थिक अवस्था पनि कमजोर थियो । त्यसैले अब जीवनको अन्तिम अवस्थामा पनि छु त्यसैले औषधी उपचार गर्न कतै जाँदैन भनेर दिन गन्दै र काल पर्खिदै बसेको गुनासो पोखिन । यति लामो समयपछि आँखा देख्दा पुनर्जन्म पाएको भन्दै मजस्ता विकट गाउँबस्तीमा धेरै आँखाका रोगी छन् उनीहरुले पनि यस्तै गरेर उपचार पाए संसार देख्न सक्थे केसीले भनिनु ।
त्यस्तै एक बर्ष अघि घाँस काट्न जंगल गएका सोही गाउँका ४८ बर्षिय मंगल सुनार पनि देब्रे आँखाको ज्योति गुमाएका मध्ये एक हुन् । धेरै पटक अस्पताल धाए, आँखामा हाल्ने औषधि मात्र दिएर घर फर्काउँथे, घरमा काम काज गरिदने अर्को मान्छे नहुँदा पारिवारिक समस्या झन् थपिदै गएको थियो, जसले गर्दा परिवार पाल्न पनि गाह्रो भएको सुनारले बताए । गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा शिविरले सुनारको जीवनमा नयाँ खुशी थपि दिएको छ । एक बर्ष अघि देब्रे आँखाको ज्योति गुमाएका सुनारले फेरी दुबै आँखा सजिलै देख्न सक्ने भएका छन् ।
अझै त ज्याला मजदुरी गरेरै भए पनि काम गर्न सक्ने उमेर छ, अब केही समय आँखाको लागि आराम गर्ने र फेरी घरधन्दातर्फ फर्किने उनले बताए । सुनार र गौरी केसीजस्तै धेरै बृद्धबृद्धाले आँखा देख्न सक्ने भएका छन् । मंगलबार लमही आँखा अस्पतालमा चश्मा तथा औषधी वितरण कार्यक्रममा आफूहरुको अप्रेसनमा सहयोग गरेर संसार देखाइदिने आँखा रोगका विशेषज्ञहरुलाई धन्यवाद दिईरहेका थिए ।
लमही आँखा अस्पतालले स्थानीय पालिकासँग समन्वय गरेर विभिन्न स्थानमा आँखासम्बन्धी अभियान चलाईरहेको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा एक सय पैतिसजनाको मोतियाविन्दुको अप्रेसन गरेको छ भने एघारजनाको आँखामा मासु पलाएको अप्रेसन र एकजनाको आँसु नलीको अप्रेसन गरेको छ ।
त्यस्तै राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा भैसाही नाका, खंग्रा नाका, पटौली नाका गरेर उनानब्बे जनाको आँखाको अप्रेसन भएको लमही आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here