Thursday, April 25, 2024
Homeमुख्य खबरअमर माविको अध्यक्षमा केसी

अमर माविको अध्यक्षमा केसी

- Advertisement -spot_img

तुलसीपुर, ९ मंसिर । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा टेक बहादुर केसी चयन भएका छन् । हालै बसेको समितिको बैठकले जेष्ठ सदस्य केसीलाई अध्यक्षमा सर्वसम्मतिमा चयन गरेको जनाएको छ । यसअघि गुरुप्रसाद आचार्यले अध्यक्ष पदबाट राजिनामा दिएपछि लामो समयसम्म अध्यक्ष पद रिक्त रहदै आएको थियो ।
आचार्यको राजिनामा स्वीकृत भएपछि जेष्ठ सदस्य केसीकै अध्यक्षतामा बैठक बस्दै आएको थियो । यस्तै, बैठकले संघीय सांसद हिराचन्द्र केसीलाई धन्यवाद ज्ञापन गरेको छ । यस बर्षदेखि सञ्चालन गरेको पशु विज्ञान कक्षाको भवन निर्माणका लागि बजेट विनियोजन गरी सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरिएको विद्यालयले जनाएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम दाङ क्षेत्र नम्बर ३ अन्तर्गत विद्यालयको भवन निर्माणमा ५० लाख बजेट विनियोजन गरिएको छ । भवन निर्माण भए विद्यालयको पशु विज्ञान कक्षा थप प्रभावकारी हुने अपेक्षा लिएको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here