Friday, April 19, 2024
Homeविचारअभिसाप बनेको आरक्षण

अभिसाप बनेको आरक्षण

- Advertisement -spot_img


गुरुप्रसाद शर्मा रेग्मी
विश्व परिवेशमा मानीसहरुबीच जो आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, धार्मिक असमानता देखिन्छ । त्यो असमानताले अवसरहरुको प्राप्तीसँग प्रतयक्ष सम्बन्ध राख्दछ । समाजमा रहेका सबैखाले मानिसहरुको समान अवसर प्राप्त गरेका हुँदैनन् । विभिन्न आधारमा समाज भएको हुन्छ । त्यसैकारण सामाजिक असमानताहरु पनि हुन्छन् । जब समाज जातीय आधारमा विभिन्न तहमा विभाजित हुन्छ । त्यस्तो अवस्थामा माथिल्लो श्रेणीमा रहेको मानिसको जीवनका हरेका अवसरहरु र सुविधाहरु उसैको पोल्टामा हुन्छन् । यसैगरी आर्थिक आधारमा उच्च माध्यम र तल्लो तहमा विभाजित सामाजिक समूहमा अवसरहरुको प्राप्तीको दर बढी उच्च जातीयमा नै रहेको हुन्छ । यसैगरी लैङ्गीकमा महिला र उमेरमा प्रौढले सामाजिक सुविधा र अवसरमा आफ्नो पहुँच विस्तार गर्दै गएको अवस्था हुन्छ । प्रत्येक समाजको प्रत्येक मानिसले पहिलो प्राथमिकतामा आफैलाई दिने, त्यसपछि परिवार, त्यसपछि राज्यलाई दिने मानिसको नियति नै हुन्छ । तर राज्यले लोक कल्याणकारी र समानतामूलक समाज निर्माण गर्नका लागि आफ्नो पूर्ण राज संयन्त्रलाई उचित रुपमा परिचालन गर्ने हो भने अवसरको प्राप्तीमा समानता हुन सक्दछ । यदि राज्य संयन्त्रलाई सत्ताधारीले निहीत स्वार्थपूर्तिमा सञ्चालन गराएर प्रयास ग¥यो भने समाजमा सबै प्रकारको असमानता चुलिदै जाने गर्दछ । धनी र गरिबको दुरी बढ्दै जान्छ । सामाजिक सद्भाव विथोलिदै जान्छ । राज्य संयन्त्रमा जाने कुरा होस् या राजनीतिकमा जाने कुरा, उच्च शिक्षा प्राप्त गर्ने कुरा होस् वा स्वास्थ्य सुविधा र रोजगारको कुरा सबै ठाउँमा गरिबको नाममा धनीले नै अवसर पाउँदछ । यही कारणले गर्दा नेपाल र नेपालीहरुलाई धनी देशका गरिब जनता भएर बस्नु परेको छ । यो देशमा रहेका विपन्न वर्ग जो आर्थिकरुपले कमजोर हुन्छ उसैलाई उच्चस्तरको शिक्षा पाउने अवसरवाट बञ्चित हुनुपर्दछ । साधारण तहको शिक्षा पाएर ऊ प्रतिस्पर्धामा उत्रिन सक्दैन् । रोगवाट ग्रसित भएपनि उचित उपचार पाउन नसकेर जीवन गुमाउन पर्ने अवस्था विद्यमान छ ।
विपन्न बर्गमा प्रतिरोधात्मक शक्ति कम हुने भएकाले उसमाथि चारैतिरबाट आक्रमण हुने गर्दछ । यही गरिबीका कारण हत्या, आत्महत्या, चोरी–चकारी बढ्ने, मातृशिशु मुत्यु दर बढ्ने गरेको हुन्छ । सारांशमा भन्नुपर्दा आर्थिक स्तरीय कारणका साथै समाजमा जुन असमानतामा विद्यमान छ । त्यसले कमजोर समूह वा समुदायको मानवीय जीवनमा प्रत्यक्ष असर पारेको हुन्छ । जीवनलाई आवश्यक पर्ने न्यूनतम सुविधाहरुबाट पनि बञ्चित हुनुपर्ने अवस्थामा सिर्जना भएको हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगार, पोषण आवास तथा शक्ति र प्रतिष्ठा समाजमा कायम गराउने सम्बन्धमा पनि तल्लो वर्ग वा समुदायलाई असफल हुनुपर्ने अवस्था विद्यमान छ । मानिसको जीवनमा आवश्यक पर्ने सबै अवसरहको सहज प्राप्ती नै जीवन अवसर हो । यो जीवन अवसरमा खासगरी शिक्षा, स्वास्थ्य रोजगारलगायत सामाजिक मान सम्मान प्रतिष्ठा जोडिएको हुन्छ । एउटा खास समाजमा बसोबास गर्ने समूह वा वर्गका मानिसले प्राप्त गर्नुपर्ने जुन अवसरहरु छन् । त्यसैलाई जीवन अवसर भन्ने गरिन्छ । त्यसमध्ये स्वास्थ्य हेरचाह तथा जीवन प्रत्यक्ष बढी महङ्खवपूर्ण जीवनसँग सरोकार राख्ने पक्ष हुन सक्छन् । समाजको आर्थिक रुपले उपल्लो तहमा हुन्छन् । शिक्षाको तहमा उपल्लो तहमा हुन्छन्, राजनीतिक र प्रशसानिक तहमा उपल्लो तहमा हुन्छन् । ती सबैको जीवन अवसरका स्तरमा दह्रो पहुँच भएको हुन्छ । अर्कोतर्फ समाजमा विपन्न, गरिब, तल्लो जाती महिलाहरु यस्ता अवसर र सुविधाहरुबाट वञ्चित हुन पुगेका हुन्छन् ।

राज्य संयन्त्रमा जाने कुरा होस् या राजनीतिकमा जाने कुरा, उच्च शिक्षा प्राप्त गर्ने कुरा होस् वा स्वास्थ्य सुविधा र रोजगारको कुरा सबै ठाउँमा गरिबको नाममा धनीले नै अवसर पाउँदछ । यही कारणले गर्दा नेपाल र नेपालीहरुलाई धनी देशका गरिब जनता भएर बस्नु परेको छ । यो देशमा रहेका विपन्न वर्ग जो आर्थिकरुपले कमजोर हुन्छ उसैलाई उच्चस्तरको शिक्षा पाउने अवसरवाट बञ्चित हुनुपर्दछ । साधारण तहको शिक्षा पाएर ऊ प्रतिस्पर्धामा उत्रिन सक्दैन् ।

समाजमा प्राय जताततै यहि अवस्था र व्यवस्था नियति बनेको देख्न पाइन्छ । व्यवहारिक र वैज्ञानिक शिक्षा आर्थिक दृष्टिले सम्पन्न व्यक्तिले मात्र लिन सक्छन् । राम्रो शिक्षाले प्रत्येक अवसर प्राप्त गर्ने बौद्धिक आधार निर्माण गरिदिने गर्दछ । विपन्नले राम्रो शिक्षा लिनसक्ने अवस्था नै छैन् । त्यसैले उसको आर्थिक अवस्था उठ्न सक्ने स्थिति परिस्थितिले पनि छैन । त्यसैले उसको आर्थिक अवस्था उठ्न सक्ने स्थिति र परिस्थिति पनि छैन् । रोगले च्याप्यो भने अकालमा मर्नुपर्ने स्थिति पनि नकार्न सकिदैन् । यसरी यो देशको समाज उपल्लो वर्गको चक्रले एकपछि अर्को नराम्रो अवस्था सिर्जना गराइरहेको अवस्था छ ।
हाम्रो समाजमा जुन तल्लो जाती, वर्ग, समूह छ । तिनीहरुलाई समाजबाट नै गरिने तल्लोतहको व्यवहार, शोषण, उत्पीडन, थिचोमिचो मात्र नभएर सामाजिक साँस्कृतिक र सामाजिक अवसरबाट पनि वञ्चित गराउने गरिन्छ । सामाजिक प्रतिष्ठा र इज्जत लिलाम गराउने गरिन्छ । तल्लो जातको मानिसले मन्दिर बनाउँछ, घर बनाउँछ । त्यो बनिसकेपछि त्यसभित्र ऊ नै पस्न पाउँदैन् कस्तो सामाजिक विडम्वना हो ? नेपालमा गरिब तथा तल्लो जातीको जीवनस्तर उठाउने कार्यको दायित्व र जिम्मेवारी लिएर स्थापित भएका एनजिओ, आईएनजिओ, जिओ, संघ संस्थाको माध्यमबाट प्रतिवर्ष खरबौको रकम राशी खर्च भइरहेको छ । तर यहाँ न गरिबी घटिरहेको छ । न गरिबको संख्या नै घटिरहेको छ । न रोग–व्याद नै घटिरहेको छ । यसरी हेर्दा गरिबीहरुको लागि सबैकुरा बढिरहेको छ । समानको वास्तविक रुप हेर्ने हो भने सम्पन्न र विपन्न दुई वर्ग मात्र छ । तर नेपाल सरकारले आरक्षण र संरक्षणको पासो बनाएर गरिबकै घाँटी च्याप्ने काम गरिरहेको छ । वास्तवमा आरक्षण जातीगत रुपमा धनी गरिबका रुपमा हुनुपर्ने थियो । राजनीतिक दलका नेताहरुले रचेका यो प्रपन्चले कुनै आरक्षण प्राप्त जातीको गरिबले कुनै अवसर र सुविधा पाउँदैनन् । त्यो सुविधा जातीको नाममा सम्पन्न र धनाढ्य नै पाइरहेका छन् । नेपालीलाई अझ कंगाल बनाउने हो भने यो जातीगत आरक्षण तत्काल बन्द गर्नुपर्दछ । किनभने आरक्षण धनीलाई झन धनी, गरिबलाई झन गरिब वनाउने अभिसापको रुपमा देखापरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here