Friday, March 29, 2024
Homeमुख्य खबरअपाङ्ग मानवअधिकारको अध्यक्षमा घर्ती

अपाङ्ग मानवअधिकारको अध्यक्षमा घर्ती

- Advertisement -spot_img

घोराही, ६ असोज । दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चको अध्यक्षमा शिव घर्ती मगर चयन भएका छन् । मञ्चको शनिबार घोराहीमा भएको १९औँ वार्षिक साधारणसभा एवं दशौं अधिवेशनले घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अपाङ्ग ब्यक्तिहरुको क्षेत्रमा क्रियाशील संस्था २०५७ सालमा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको थियो । अधिवेशनले मञ्चको उपाध्यक्षमा भविसरा घर्ती मगर, महासचिवमा शिवराज वली, सचिवमा बेधनिधि धिताल, कोषाध्यक्षमा कृष्णा कार्कीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा हरिलाल पुन मगर, नरबहादुर रोका क्षेत्री, युवराज घर्ती मगर, सीता बस्नेत, मञ्ज गिरी दमाई र लुमाकान्त सुवेदीलाई चयन गरिएको छ । मञ्चका अध्यक्ष बासुदेव रिजालको अध्यक्षता तथा मञ्चका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो ।
साधारणसभामा महासचिव विष्णुप्रसाद पौडेल र कोषाध्यक्ष सुधा रिजालले प्रस्तुत गरेको आर्थिक तथा साँगठनिक प्रतिवेदन पास गरेको थियो । उपाध्यक्ष भविसरा घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको सहजीकरण सचिव प्रमोद पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here