Wednesday, March 27, 2024
Homeमुख्य खबरअपाङ्ग बालबालिकालाई सहयोग

अपाङ्ग बालबालिकालाई सहयोग

- Advertisement -spot_img

घोराही, ३१ भदौ । पत्रकार दीपक जीएमले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेका छन् । जीएमले आमा विष्णुदेवी घर्तीको तेस्रो पुण्यतिथिको अवसरमा घोराही उपमहानगरपालिका–१४ बालमन्दिर प्राविमा अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खेलकुद सामग्रीहरु, तन्ना र फुलफूल सहयोग गरेका हुन् ।
विद्यालयमा ३६ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् । त्यसमध्ये २४ जना आवासीय रुपमा अध्ययन गर्छन् भने बाँकी घरबाट आउने जाने गरेको विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले जानकारी दिए ।
जीएमले खेलकुद सामग्रीहरुमा दुईवटा फुटबल, एउटा क्यारमबोर्ड, २३ थान तन्ना र फलफूलहरु विद्यालयका प्रधानाध्यापक भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खेल्नको लागि खेलकुदको सामग्रीहरुको अभाव रहेको र तन्नाको समस्या भएपछि आफूले सहयोग गरेको पत्रकार जिएमले बताए ।
जन्मदिन लगायत विभिन्न अवसरमा उक्त विद्यालयलाई सहयोग गर्दै आएका जीएमले बालबालिकाहरुको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।
प्रदेशस्तरकै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको अध्ययन गर्ने विद्यालय निर्माण हुन थालेको बालमन्दिर प्राविमा दाङसहित छिमेकी जिल्लाहरुबाट समेत बालबालिकाहरु अध्ययन गर्न आउँछन्
तर आवश्यक पूर्वाधार र स्रोत नभएका कारण बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष कक्षाहरु सञ्चालन गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताए ।
विद्यार्थीहरुको लागि सरकारले छात्रवृत्ति प्रदान गर्दै आएको छ , तर त्यसले अपुग भएको छ भने विद्यालयको आफ्नै स्रोत नहुँदा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष कक्षाहरु सञ्चालन गर्न समस्या भैरहेको छ । सरकारले पछिल्लो समय प्रदेशस्तरीय नमुना विद्यालय निर्माण गर्ने योजना सुरु गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here