Friday, April 26, 2024
Homeमुख्य खबरअनुमानका भरमा मापसे रिपोर्ट

अनुमानका भरमा मापसे रिपोर्ट

- Advertisement -spot_img

घोराही, २२ साउन ।
दाङमा मादकपदार्थ सेवन गरेको पत्ता लगाउने उपकरण नहुँदा अस्पतालहरुले अनुमानका भरमा रिपोर्ट दिने गरेका छन् । गाडी चालक तथा अन्य व्यक्तिहरु पक्राउ परेपछि मादकपदार्थ सेवन गरेको आशंकामा प्रहरीले अस्पताल लगेर परिक्षण गराउँदै आएको छ ।
तर, उपकरण नहुँदा चिकित्सकले पक्राउ परेका व्यक्तिको शारीरिक अवस्था, गन्ध र लक्षणका आधारमा मादकपदार्थ सेवन गरे नगरेको प्रमाणित गर्दै आएका छन् । दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, लमही अस्पताल लमहीमा मापसे जाँचका लागि उपकरण नहुँदा चिकित्सकहरुले अनुमानका भरमा रिपोर्ट दिने गरेको पाइएको हो । राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले मादकपदार्थ सेवन गरे नगरेको परिक्षण गर्ने प्रविधि नहुँदा हेरेर र सुघेर रिपोर्ट दिने गरिएको बताए । यसरी परिक्षण गर्दा मादकपदार्थको यथार्थ विवरण नआउने उनको भनाइ छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले पनि अनुमानका भरमा रिपोर्ट दिदै आएको बताए । आवश्यक उपकरणहरु अस्पतालमा नहुँदा परिक्षण गरेर भन्दा पनि अनुमानले रिपोर्ट दिनुपरेको बताए । उनले व्यक्तिको पिसाब जाँच गरेर मात्रै कति परिमाणमा मादकपदार्थ सेवन गरेको छ भन्ने पत्ता लगाउन सकिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here