Thursday, April 18, 2024
Homeविचारअधिकार रक्षाका लागि गोलवद्ध

अधिकार रक्षाका लागि गोलवद्ध

- Advertisement -spot_img

विकासको विगुल फुक्दै राष्ट्र निर्माणमा समर्पित अपरेटरहरु तर राज्यले नै आफूहरुलाई उपेक्षा गरेको विभिन्न समयमा गुनासो आउने गरेको छ । ‘हिमाल, पहाड र तराई–नठानी कसैलाई पराई’ घाम र पानी नभनि राष्ट्रको विकास निर्माणमा जुटेका अपरेटरहरु जनतामा छाएको विकासको आशालाई पूरा गर्न लागेका छन् ।
आफ्नो ज्यानकै बाजी राखेर सडकदेखि पुल निर्माणसम्ममा जुटेका देशका सच्चा पहेरदार अपरेटरहरु पछिल्लो समय संगठित भएर अघि बढ्न थालेका छन् ।
आफ्ना पीडा र अधिकारको आवाजलाई प्रष्फुटित गर्नका लागि उनीहरु एक भएर कामहरु गर्न थालेका छन् । नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघमार्फत उनीहरु अहिले एकीकृत रुपमा संगठित भएका छन् । काम गर्दा हुने विभिन्न समस्यालाई सजिलै समाधान गर्न दाङसहित देशभरका अपरेटरहरु संगठित हुन थालेका हुन् ।
अधिकारका रक्षाका लागि एक भएर अघि बढेका अपरेटरहरुको प्रदेश नम्बर ५ को प्रथम भेला दाङको तुलसीपुरमा हुन गइरहेको छ । आज हामीले तुलसीपुरमा हुन गइरहेको प्रदेशस्तरीय भेला र अबको थप नया“ नीति अनुसार कसरी बढ्दै छ त अपरेटर संघ ? यिनै विषयमा केन्द्रित रहेर प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप । 


विनोद वली
कोषाध्यक्ष
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ, दाङ

दाङमा केहि महिना अघिमात्रै हामीले यो संगठनको निर्माण गरेका हौँ । जिल्लामा संघको स्थापना गरिरहँदा हामीलाई विभिन्न चुनौति थिए । अहिले पनि विभिन्न चुनौतिको सामना त गर्नुपरिरहेको छ तर पनि हामीले यसलाई सहजरुपमा लिएर व्यवस्थापन गरिरहेका छौँ ।
अहिले दाङमा करिब तीन हजार अपरेटर हुनुहुन्छ । तर पनि सबै संघमा आवद्ध हुन सक्नुभएको छैन् । सबै आवद्ध हुन नसक्नु कतिपय हाम्रा बाध्यता कतिपय उहाँहरुका बाध्यता छन् । कतिपयलाई हामीले खबर पु¥याउन नसकिरहेको अवस्था पनि हुनसक्छ । कतिपय थाहा पाएर पनि आफ्नै बाध्यताले संघमा आवद्ध हुन सक्नुभएको छैन् र पनि हाम्रो कोशिस जारी रहने छ ।
अहिले अब म कोषाध्यक्ष भएको नाताले कोषमा कति रकम जम्मा भएको छ भन्ने प्रश्न पनि होला । अहिले हामी शुरुवाती चरणमा भएको कारणले पनि कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ । हामी विस्तारै संघको संगठनलाई विस्तार गर्ने अभियानमा छौँ ।
अहिले आज सम्पन्न हुन गइरहेको प्रदेशस्तरीय भेलाले पनि केहि न केहि पक्कै राहत मिल्नेछ । सबैलाई एकतावद्ध गराउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले के आग्रह गर्न चाहन्छु भने तपाईहरु आजको कार्यक्रममा उपस्थित भएर संघमा आवद्ध हुन सक्नुहुन्छ । हामी हाम्रो अधिकार रक्षाका लागि गोलवद्ध हुने अभियानमा छौँ । यस अभियानलाई सफल बनाउन कोषको त आवश्यकता पर्छ ।

आजको आवश्यकता भनेकै प्रविधिको युग हो, अब मानिस एक्लैले विकासका गतिलाई छिटोछरितो बनाउन सक्दैन्, मेसिनको सहायताले मात्रै छिटो विकास सम्भव छ ।

कोषका लागि हामीले केहि सानो रकम सदस्यता शुल्क निर्धारण पनि गरेका छौँ । त्यो शुल्क बुझाएर सदस्यता लिनका लागि सम्पूर्ण अपरेटर सहकर्मी साथीहरुलाई आग्रह गर्दछु । हामीलाई जुनसुकै समयमा पनि सम्पर्क गरी सदस्यता लिन सक्नुहुन्छ ।
हामीले के पनि भनेका छौँ भने संघमा रकम जम्मा गर्न सकियो भने हामी नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ आफैले अपरेटरको तालिम प्रदान गर्ने योजनामा पनि छौँ ।
अहिले पनि धेरै साथीहरु वैदेशिक रोजगारमा गइरहेको समयमा यसलाई रोक्न तपाई हामी सबै लाग्नुपर्छ । उहाँहरुलाई स्वदेशमै विभिन्न प्रकारका सिप सिकाएर स्वदेशमै परिचालन गर्न सकियो भने व्यक्ति, समाज र राष्ट्रको उन्नती पक्कै हुनेछ ।
हामीले देखेको सपनामा तपाईहरु सबैको साथ अनिवार्य छ किनभने एक्लैले केहि गर्न सकिन्न तर मिलेर गयौँ भने पक्कै पनि राष्ट्रको समृद्धिका लागि ठूलो सहयोेग पुग्ने छ ।
राष्ट्र निर्माणमा जुटिरहेका हामी अपरेटरहरु पनि गोलवद्ध हुनेक्रममा अहिले प्रदेश नम्बर ५ को प्रथम भेला सम्पन्न गर्न लागि रहेका छौँ । विगतमा हामी एकजुट नभएकै कारण हाम्रा कति समस्या समाधानमा राज्यको कम उपस्थिति रह्यो, अब हामी गोलवद्ध भएर हाम्रो संगठनलाई विस्तार गर्न आवश्यक छ र मात्रै हाम्रा समस्यालाई समाधान गर्न राज्यलाई नैतिक दबाब सिर्र्जना हुनेछ ।
देशमा जतिपनि भौतिक विकासको उपलब्धि अपरेटरहरुको साथबिना असम्भव छ । किनभने आजको आवश्यकता भनेकै प्रविधिको युग हो, अब मानिस एक्लैले विकासका गतिलाई छिटोछरितो बनाउन सक्दैन्, मेसिनको सहायताले मात्रै छिटो विकास सम्भव छ ।
हाम्रो संस्था नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ पनि विकास निर्माण सहयोग पु¥याउने महत्वपूर्ण संस्था हो । आज हामीसँग देशभरमा १ लाख भन्दा बढी अपरेटर छन् । दैनिकरुपमा उनीहरु अहिले पनि निर्माणका काममा लागिरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here