Thursday, March 28, 2024
Homeमुख्य खबरअग्नीपीडितलाई आर्थिक सहयोग

अग्नीपीडितलाई आर्थिक सहयोग

- Advertisement -spot_img

zदेउखुरी, १७ चैत । देउखुरी उद्योग वाणिज्य संघले राजपुरका अग्नीपीडितलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले शनिबार वडा नम्बर १ अन्तर्गत बरुवा नाका पुगेर करिब बत्तीस हजार नगद प्रदान गरिएको हो ।
गत चैत ७ गते फागु पूर्णिमाको दिन बरुवा नाका निवासी लोक बहादुर सुनार र बाबुराम सुनारको घर जलेर नष्ट भएको थियो ।
आगलागीबाट सुनारद्वयको घर जलेपछि अहिले उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् ।
समाजसेवी शरद बुढाथोकी, राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको पहलमा उक्त रकम प्रदान गरिएको हो । त्यस्तै समाजसेवी खिम पुनले पनि चार हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रमको सहजीकरण देउखुरी उद्योग वाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले गरेका थिए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा राजपुर गाउँपालिकाले पनि अग्नीपीडित सुनारद्वयलाई आर्थिक सहयोग गरेको छ । नेकपा राजपुर गाउँपालिका अध्यक्ष चक्र बहादुर खड्का शिखरले ५१ हजार चार सय ४५ र प्रदेश सभा सदस्य इन्द्रजित चौधरीमार्फत पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको खड्काले बताए ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष विष्णु बहादुर बुढा, २ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्मा, ५ का वडा अध्यक्ष श्याम रोका, जागेश्वर बसेल, सुदयराज चौधरी, भिम ओली, पत्रकार दशरथ घिमिरे, शिवराज खनाल, शिवु खनाललगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here