Saturday, April 20, 2024
Homeफिचरअग्निपीडितलाई सहयोग

अग्निपीडितलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ५ पुस । विपदमा परेका तुलसीपुरका अग्निपीडित व्यवसायी भिमप्रसाद घिमिरेलाई सहयोग गरिएको छ । अग्निपीडित घिमिरेलाई अहिलेसम्म विभिन्न संगठनमा आवद्ध तुलसीपुरका व्यवसायीले पाँच लाख बढी सहयोग प्राप्त भएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष सेवकराम भण्डारीले जानकारी दिए । उनका अनुसार मंगलबार दुई लाख ८९ हजार २ सय ७६ रुपैयाँ पीडितलाई प्रदान गरिएको छ ।
जसमध्ये सबैभन्दा बढी रकम तुलसीपुर फेन्सी व्यवसायी उपसमितिले एक लाख ७८ हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम संयोजक सन्दिप कुमार थापाले अग्निपीडित घिमिरेलाई हस्तान्तरण गरे । खाद्यान्न व्यवसायी उपसमितिले पनि ५५ हजार रुपैयाँ सहयोग गरेको छ । खाद्यान्न व्यवसायीका संयोजक जनक रावत, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, यातायात व्यवासायी सुरेश हमाल, वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी तुलसीपुरका किराना व्यवसायीले अग्निपीडित भिमप्रसाद घिमिरेलेलाई आर्थिक सहयोग गरेका छन् । अग्निपीडित घिमिरेको घरमा मंगलबार पुगेर किराना व्यवसायी समितिका संयोजक विष्णु भुसालले विभिन्न व्यवसायीबाट संकलित ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी पूर्णिमा सप्लायर्सले पनि १५ हजार ३ सय ११ रुपैयाँ अग्निपीडितलाई सहयोग गरेको छ । उक्त रकम डम्बर डाँगी (हेमन्त) ले प्रदान गरेका हुन् । जुत्ता तथा चप्पलको होलेसेल कारोबार गर्दै आएका घिमिरेको घर र गोदाममा मंसिर २८ गते बिहान आगलागी हुँदा पाँच करोडको क्षति भएको थियो । अग्निपीडित घिमिरेको परिवार अहिले घर भाडामा लिएर बस्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here