६० बिगाह क्षेत्रफलमा वृक्षारोपण

मुख्य खबर

घोराही, १२ साउन । दाङमा यसबर्ष करिब ६० विगाह क्षेत्रफलमा विभिन्न प्रजातीका बिरुवाहरु रोपिने भएको छ । बर्षा सुरु भएसँगै विरुवा रोप्ने कार्य जारी रहेको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ ।
डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ६० बिगाह खाली जग्गामा साढे चार लाख भन्दा बढी बिरुवा वितरण भैसकेको छ । व्यक्तिगतदेखि लिएर सामुदायिक वन, सार्वजनिक क्षेत्र, खोला तथा नदी किनारमा समेत बिरुवा रोपिएको छ ।
कार्यालय प्रमुख ज्ञवालीका अनुसार घोराहीमा ३० विगाह, तुलसीपुरमा २० विगाह र अन्य क्षेत्रमा करिब १० विगाह क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको हो ।
वन डिभिजन कार्यालयले अमला, बकाइनो, खयर, सिसौ, मसला, टिक, टटेलो, आँप र बाँसलगायतका विरुवा उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गरेको जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी कार्यालयका परिसरमा समेत यस बर्ष सयाँै विरुवा रोपिएको छ । विरुवा जस्ले रोप्छ उसैले नै संरक्षण गर्नुपर्ने गरी बिरुवाहरु प्रदान गरिएको कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *