- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबर५१ कैदीबन्दी मुक्त

५१ कैदीबन्दी मुक्त

- Advertisement -spot_img

तुलसीपुर, ४ असोज । संविधान दिवसको अवसरमा दाङसहित प्रदेश नम्बर ५ बाट ५१ जना कैदीबन्दी मुक्त भएका छन् । कारगारमा आचरण सुधार गरेका दाङका दुई कारागारसहित प्रदेश नम्बर ५ बाट ५१ जना कैदीको बाँकी कैद भुक्तान मिनाह भएको हो । संविधान दिवसको अवसरमा नेपाल सरकारले कारागार शाखा तुलसीपुरबाट ९ जना र कारागार घोराहीबाट ६ जना कैदी मुक्त भएका छन् ।
कारागार शाखा तुलसीपुरबाट कैद मुक्त हुनेमा सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ३, डाँका चोरी ३, कर्तव्य ज्यान २ र गौ–बधका १ जना रहेका छन् । घोराही कारागारबाट सवारी ज्यान गरिरहेका १, कुटपिट २ र हातहतियार १ जनाले असल चालचलनको आधार र निर्धारित मुद्दाको आधारमा बाँकी कैद मिनाह गरिएको हो ।
तुलसीपुर कारागारमा ३१ जना महिला र ४ सय ६२ जना पुरुष गरी ४ सय ९३ जना कैदीहरू छन् । तुलसीपुरमा २ जना आश्रित बालबालिका रहेका कारागार शाखा तुलसीपुरका निमित्त जेलर जोखु वलीले जानकारी दिए ।
‘कारागारमा आचरण राम्रो भएका कैदीबन्दीलाई माफी दिइएको हो, सरकारले राम्रो आचरण भएका कैदीबन्दीलाई विभिन्न अवसरमा माफी दिने गरेको छ’ उनले भने ।
कारागार शाखा घोराहीमा ३ सयजना कैदी रहेका जेलर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । त्यस्तै कारागार शाखा बाँकेमा ६, रुपन्देही ४, कपिलवस्तु २, नवलपरासी र पाल्पाबाट ७ /७ जना, प्यूठान ४ रोल्पा र अर्घाखाँची १ र बर्दियाबाट ५ जनालाई कैद भुक्तान गरिएको छ । सरकारले संविधान दिवसको दिन पारेर २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिसंहिता बमोजिम २८२ जना कैदीहरूको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here