Thursday, April 18, 2024
Homeमुख्य खबर१८ करोड हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

१८ करोड हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

- Advertisement -spot_img

नारायणपुर, ५ भदौ । दाङमा एक बैंक म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । उनी बिरुद्ध बैंक सञ्चालकको तर्फबाट हिनामिना गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।
उनी घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैंकमा नक्कली ऋणी खडा गरी हिनामिना गरेको देखिएको बताए ।
केहि समय अघि मात्रै दाङमा केन्द्रीय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंक र देवः बिकास बैंक मर्ज भएको थियो । बुढाथोकी वेष्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए ।
वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको र ऋणको नामको चेकसमेत आफै साट्ने गरेको अनुसन्धानमा पाइएको प्रहरीले बताएको छ ।
‘नक्कली ऋणि बनाएर वैंकबाट रकम निकासा गरेको आँकलन गरिएको छ’ प्रहरी निरीक्षक गौतमले भने, ‘अन्य कुरा खुल्दै छ, तुलसीपुर उच्च अदालत नेपालगंज इजलासको वाणिज्य इजलासबाट म्याद थप गराएर थप अनुसन्धान थालेका छौँ ।’
गौतमले १८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै बैंकका सञ्चालक तथा थप कर्मचारीहरुमाथि पनि निगरानी बढाइएको र अनुसन्धान जारी राखिएको जानकारी दिए ।
प्रहरीले उनलाई मंगलबार राति लमहीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको । बुढाथोकी विरुद्ध मुद्दा तर्दा गरी अनुसन्धान थालिएको गौतमले बताए । यस सम्बन्धीका मुद्दा वाणिज्य ईजलासले हेर्ने ब्यवस्था छ ।
बैकले आन्तरिक अनुसन्धान गर्दा म्यानेजर बुढाथोकीमा शंका लागेपछि प्रहरीमा किटानी जाहेरी परेको प्रहरी निरीक्षक गौतमले बताए । राष्ट्र बैंक, बैंकले समेत यसअघि छानबिन गरेको थियो । बुढाथोकी २०६७ सालदेखि उक्त बैंकमा कार्यरत रहदै आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here