- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचर१८ करोड घोटालामा थप दशजना पक्राउ

१८ करोड घोटालामा थप दशजना पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, १६ भदौ ।
देवः विकास बैंक नारायणपुर दाङ शाखाको १८ करोड हिनामिना गरेको आरोपमा नेपाल संस्कृत विश्वविद्यालय दाङका कर्मचारी तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य उज्ज्वल आचार्य पक्राउ परेका छन् । उनीसहित १० जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो । बैंकको १८ करोड हिनामिनामा आचार्यलगायतका व्यक्तिहरुको पनि हात देखिएको भन्दै पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
भदौ ३ गते देव विकास बैंकका नारायणपुर शाखाका म्यानेजर घोराही–१५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो । नक्कली ऋणी बनाएर बैंकको १८ करोड हिनामिना गरेको आरोपमा पक्राउ गरी अनुसन्धान थालिरहेका बेला बुढाथोकीले त्यसमा संलग्न रहेका अन्य व्यक्तिहरुको नाम लिए पनि आचार्यसहित थप १० जनालाई पक्राउ गरी उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट आइतबार म्यादसमेत थप गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजेन्द्र गौतमले जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर बुढाथोकीको सक्रियतामा ठूलै गिरोह १८ करोड घोटालामा देखिएको छ, गौतमले भने धेरैजना प्रत्यक्ष संलग्न रहेको हुँदा नियन्त्रणको क्रम जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले समातिएका १० जनाहरुको खातामा १८ करोडमध्येको रकम बैंकबाट रकम ट्राम्सफर भएको र उनीहरुले पटक–पटक गरेर रकम निकासा गरेको पाइएको गौतमले बताए । उनले त्यो घटनामा ठूलै गिरोह रहेकोसमेत दाबी गरे ।
पक्राउ पर्नेमा घोराही १० निवासी ४७ बर्षीय बसन्तबहादुर बस्नेत, सोही ठाउँका २६ बर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ बर्षीय झगबहादुर डिसी, घोराही १० कै ३७ बर्षीय उज्वल आचार्य, सोही ठाउँकै ५४ बर्षीय सतकुमार पौडेल, घोराही–८ का ४३ बर्षीय बसन्त बुढाथोकी, साविक कोईलाबास–४ स्थायी बसोबास भई हाल घोराही–१४ निवासी २४ बर्षीया बन्धना गुप्ता, साविक कोईलाबास–९ स्थायी वतन र हाल घोराही–१५ निवासी ३८ बर्षीय बिरेन्द्रकुमार गुप्ता, साविक कोईलाबास–५ स्थायी वतन हाल घोराही १० निवासी ४५ बर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका वडा नं. १० र हाल घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३१ बर्षीय विजयकुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा अनुसन्धान गरिने भएको छ । पक्राउ पर्नेहरुमा नारायणपुर, घोराही, नेपालगंजका नाम चलेका व्यक्तिहरु समेत रहेको बताइएको छ । बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैकमा नक्कली ऋणी खडा गरी हिनामिना गरेको देखिएको थियो । असार महिनादेखि दाङमा केन्द्रीय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंक र देवः विकास बैंक मर्ज भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here