- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबर१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो खानेपानी गोष्ठी

१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो खानेपानी गोष्ठी

- Advertisement -spot_img

तुलसीपुर, २५ जेठ । खानेपानी सञ्जाल दाङको दुईदिने कार्यशाला गोष्ठी १६बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार तुलसीपुरमा सकिएको छ । खानेपानी आयोजना सञ्चालन, ब्यवस्थापन तथा पानी सुरक्षा योजनाको जिल्लाका सरोकारवालाले चासो दिएका छन् । दाङका ३ सय बढी पदाधिकारी सम्मिलित अभिमुखीकरण कार्यक्रममा आएका कुरालाई घोषणापत्रमा समेट्दै कार्यक्रम सकिएको हो ।
घोषणापत्रमा खानेपानीको गुणस्तर सुधारका लागि खानेपानी सुरक्षा योजना अनिवार्य रुपमा लागू गर्नुका साथै नियमित पानी परिक्षण गर्न आवश्यकता अनुसार पानी प्रशोधन केन्द्र स्थापनाका लागि पहल गर्ने, एक महिनाभित्र खानेपानी सुरक्षा टोली गठन गर्ने,
दाङ पूर्ण सरसफाइ अभियानलाई टेवा दिन पहल गर्ने, जिल्लामा रहेका र खानेपानीको पहँुचबाट टाढा रहेका बस्तीहरुमा पानीको पहुँच पु¥याउने र गरिबीको रेखामुनि रहेका परिवार तथा संस्थाको पहिचान गरी खानेपानीको सहजताका लागि पहल गर्ने तथा विद्युत् महशुलमा पचास प्रतिशत छुटका लागि विद्युत प्राधिकरणसँग अनुरोध गर्नेलगायतको १६ बुँदे घोषणापत्र जारी गरिएको छ ।
दुई दिनसम्म सञ्चालित कार्यशालामा खानेपानी मन्त्रालयका सिडिइ चोकप्रसाद धिताल, खानेपानी सञ्जालका सल्लाहकार तिलक न्यौपानेलगायतले प्रशिक्षण दिएका थिए ।
खानेपानी जिल्ला सञ्जालका अध्यक्ष खेमराज वलीको अध्यक्षता तथा सूचना तथा सञ्चारमन्त्रीको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो ।
कार्यक्रममा मन्त्री बास्कोटाले जनातालाई खानेपानीको सुविधाका लागि सरकार लागि रहेको बताए । उनले लगानी प्राविधिक इच्छा शक्ति राज्यसँग भएको भन्दै अब सबै नागरिकको आयस्तर बढाउने अभियानमा राज्य रहेको बताए ।
कार्यक्रममा विश्वमाया रेग्मी, कर्मचारी युनियनका सुशील श्रेष्ठ जिल्ला खानेपानी सञ्जालका विष्णु केसी, सञ्जालका सल्लाहकार टिकाराम खड्का,
खानेपानी मन्त्रालयका चोकप्रसाद धिताल खानेपानीको बढ्दो मागलाई अब दीर्घकालिन योजनामार्फत समाधान गर्नुपर्ने बताएका थिए । उनीहरुले पानी सुरक्षाका लागि सबै उपभोक्ताहरु लाग्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन सञ्जालकी कोषाध्यक्ष लिला शाहले गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here