- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीय१६ दिने अभियानको सार्थकता

१६ दिने अभियानको सार्थकता

- Advertisement -spot_img

महिला हिंसाविरुद्धको १६ दिने अभियान सकिएको छ । महिला अधिकारकर्मी गैसस र राज्यले निकायको सक्रिय सहभागितामा नेपालका विभिन्न क्षेत्र स्थान र जिल्लामा यो अभियान सञ्चालन गरियो । सन् १९९१ मा सुरु भएको यो अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिकसम्म विभिन्न सचेतना कार्यक्रम प्रशिक्षणहरु प्रशस्तै भएका छन् । यो दिवसलाई महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लिएको मान्न सकिन्छ । संसारभर नै अभियानलाई एकरुपता पनि दिइदै आइएको देखिन्छ । १६ दिने अभियानले हिंसा न्यूनीकरणका लागि कति पहल ग¥यो, भूमिका खेल्यो भन्ने र सार्थकता कति दिलायो भन्ने अर्काे पाटो होला । तर यसले सहजका र सचेतना भने पक्कै नै दिलाएको छ ।
यस पटकको १६ दिने अभियान मुख्यरुपमा कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायमा केन्द्रित देखिएको छ । स्थानीयस्तरका अन्य मुद्दाहरु उठे पनि राष्ट्रिय रुपमा महत्वका साथ उठाइएको एउटा अभियान निर्मलाको न्यायको माग हो । यो अभियानले निर्मलाको न्याय खोज्न कहि कतै कन्जुस्याँइ गरेको देखिएन । महत्वका साथ आवाजहरु बुलन्द पारेको छ । राज्यलाई न्यायको लागि घचघचाई रहेको छ । योसँगै जुन चेतनाको अभिवृद्धिको अभियान थालिएको छ त्यो पनि प्रशंसनीय नै देखिन्छ । लैंगीक आधारमा गरिने सबै प्रकारको हिंसा मानवअधिकारको विषय हो र अधिकार सबैको सुरक्षित हुनुपर्छ भन्ने चेतना अभिवृद्धि पनि गराइदिएको छ । स्थानीयस्तरदेखि अन्तर्राष्ट्रियस्तरमा हिंसा अन्त्यका लागि गरिएको चेतना अभिवृद्धिले आगामी दिनमा महिला तथा बालबालिकामा हुने हिंसाको अन्त्य हुने र न्यूनीकरणको चरणमा जाने विश्वाससमेत अभियानले लिएको देखिन्छ ।
हिंसाका अनेक रूप छन् । केही देखिने गरी हुन्छन्, केहि लुकेका हुन्छन् । देखिने गरी भएका हिंसालाई मात्रै न्यूनीकरण गराउने अभियानभन्दा पनि भित्रबाट भएका तर लुकेका हिंसालाई पनि कम गर्ने र न्यूनीकरण गर्नेतर्फ आगामी दिनमा यस्ता अभियान चनाखो बन्नुपर्छ । कुटपिट, बहुविवाह, घर निकाला, बालविवाह, जबरजस्ती करणी, बेचबिखन, बोक्सीको आरोप, हत्याजस्ता अनेक घटनाहरू केही देखिएर हुन्छन्, केही लुकाइएका हुन्छन् । जे भए पनि यी सबै हिंसा हुन् । यिनको अन्त्यका लागि सबैभन्दा पहिले आफैबाट सुरुवात गरेमा यस्ता अभियानले सार्थकता पाउने छन् । प्रत्यक्ष वा परोक्षरूपमा हुन सबैखाले हिंसालाई सबै मिलेर निर्मूल पार्न सके र दोषीलाई कानुनी दायरामा ल्याउन सके क्रमिक रुपमा हिंसा कम हुँदै जाने छन् । तर अभियानका नाममा पैसाको खोलो बगाउने तारे होटलमा कार्यक्रम गर्ने तर उपलब्धि शुन्य बनाउने अवस्था आउन दिनु हँुदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here