१५४औं मोतीजयन्ती

मुख्य खबर

घोराही, १४ भदौ । युवाकवि मोतिराम भट्टको १५४औँ जयन्ती दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । शुक्रबार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा विभिन्न कार्यक्रम गरी मोतीजयन्ती मनाईएको हो ।
साहित्य परिषद्का जिल्ला शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा युवाकवि भट्टको तस्विरमा माल्यार्पण गर्नुको साथै उनको व्यक्तित्व र कृतित्वको चर्चा गरिएको थियो ।
यसैबीच परिषद्को द्वैमासिक नियमित कार्यक्रमअन्तर्गत ६०औँ श्रृङ्खला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा साहित्यकार देवेन्द्रकुमार रिजालद्वारा प्रस्तुत विभिन्न रचनाहरु वाचन गरिएको थियो भने वाचित रचनाहरूको समीक्षा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष पद्मप्रसाद शर्माले गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथिसहित साहित्यकार नरेशजङ्ग राणा, मधुसूदन बडाललगायतले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रमको सहजीकरण शाखाका कोषाध्यक्ष गोपाल भुसाल अभिलाषीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *