- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीय१३२ केभिको आशा

१३२ केभिको आशा

- Advertisement -spot_img

दाङमा पहिलो पटक १३२ केभिको विद्युत प्रसारण लाइन जोडिएपछि जिल्लाको विद्युत गुणस्तर हुने विश्वास गरिएको छ । केहि दिन अगाडि उर्जामन्त्री बर्षमान पुनले प्रसारण लाइनको उद्घाटन पनि गरे । जसले विद्युतमा केही आशा पनि थपेको छ । कुसुम हापुर १ सय ३२ केभि प्रसारण लाईन जोडिएसँगै दाङ पूर्णरुपमा राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको चर्चा पनि आएको छ । १० वर्ष अघि निर्माण सुरु भएको कुसुम हापुरे प्रसारण लाइन आयोजना सम्पन्न हुँदै सुरु भएपछि जिल्लाको विकासलाई समेत यसले टेवा पु¥याउने छ । यस अघि ३३ केभिको मात्रै सहायक लाइनको रुपमा दाङमा विद्युत आपूर्ति भइरहेको थियो । प्रसारण लाइनको उदघाटन भएपछि दाङ लोडसेडिङमुक्त हुने र दाङमा भइरहेको लो भोल्टेजको समस्याको अन्त्य हुनेछ ।
३३ केभि लाइनले मात्रै विद्युत आपूर्ति गरेको दाङमा १३२ केभि भित्रिनुले सबै क्षेत्रलाई उत्साहित पनि बनाएको छ । अब जिल्लामा हुने विद्युतको समस्या भोग्नु नपर्ने विश्वास गरिएको छ । भने बढी विद्युत आएका कारण खपतको उल्टै समस्या रहेको छ । त्यो सबै लोड जिल्लामा खपत हुन नसके त्यत्तिकै खेर जाने छ । त्यसमा भने सबै सचेत र सहज हुन जरुरी छ । तीन चरणमा निर्माण भएको र झण्डै ४४ करोड रुपैयाँ आयोजना निर्माणमा लगानी भएको छ । यसबाट जिल्लामा सञ्चालन भएका दुईवटा सिमेन्ट उद्योग, रोल्पा जिल्लामा सञ्चालन भएको रोप्ला सिमेन्ट उद्योग र जिल्लाका ३८ हजार विद्युत उपभोक्तालाई विद्युत आपूर्ति गर्ने लक्ष्य राखिएको छ । भने पाँच वर्षभित्रमा सबै नागरिकलाई विद्युतको पहुँचमा पु¥याउने घोषणासमेत हापुरेबाटै भएको छ । झण्डै एक वर्ष अघि हापुरेमा १३२ केभि प्रसारण लाइनबाट आएको १८ मेघावाट विद्युत त्यत्तिकै खेर गयो । प्रसारण लाइन र वितरण लाइनमा विभिन्न समयमा विभिन्न स्थानमा भएका समस्याका कारण विद्युत खपत हुन सकेको थिएन भने यसको उपयोगमा पनि चुनौति थपिदै गएको थियो । यो अवस्थामा विद्युत प्रसारण लाइनको शुभारम्भ हुनुले यहाँका स्थानीय, उद्योग कलकारखानाहरुलाई विद्युतमा सहजता ल्याइदिएको छ । योसँगै नेपालका विभिन्न निर्माणधिन यस्ता प्रसारणमा सवस्टेशनहरु सञ्चालनमा ल्याइएका छन् । जसले विद्युतको पहुँच नपुगेका जिल्ला तथा बस्तीमा विद्युतको पहुँच बढेको छ । जलस्रोतको धनी देशमा विद्युतको अनिकाल हुने थिएन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here