- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबर११ वर्षिय बालिका बलात्कृत

११ वर्षिय बालिका बलात्कृत

- Advertisement -spot_img

तुलसीपुर, ११ असोज । तुलसीपुरमा एक बालिका बलात्कृत भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मज्गै निवासी ११ वर्षिय बालिका आफ्नै काकाद्वारा बलात्कृत भएकी हुन् ।
गत शनिबार हजुरबुवाको घरमा गएकी बालिकालाई घरमा कोहि नभएको मौका पारेर आफ्नै २१ वर्षिय काकाले बलात्कार गरेको पीडित बालिकाकी आमाको भनाइ छ । सोधपुछ गर्दा घरमा टिभी हेर्दै गरेको समयमा काकाले धम्क्याएर बलात्कार गरेको खुल्न आएको छ ।
हिडडुल गर्न नसक्ने र लुगा च्यातिएको अवस्थामा घर फर्किएकी उनलाई सोधपुछ गर्दा घरमा खबर नगर्न दबाब दिई डर, त्रास देखाएर आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
त्यस्तै बलात्कृत भएकी छोरीको स्वास्थ्य उपचार र न्यायका लागि सहयोग माग्दा ससुराबाटै धम्की आएको आमाको भनाइ छ । देखे पनि नदेखे जस्तै गरी अस्पतालमै धम्क्याएर ससुरा भागेको भन्दै उनकी आमाले छोरीलाई न्याय र अपराधीलाई सजाय दिनुपर्ने माग राखेकी छन् । प्रहरी प्रशासनले भने बलात्कार गर्ने अर्जुन विकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।

शिव सेनाद्वारा कारवाहीको माग

यसैबीच शिवसेना नेपालले बालिका बलात्कार गर्ने काकालाई पक्राउ गर्न माग गरेको छ । नेपालले स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दै आएकी ११ वर्षिय बालिकामाथि डर, त्रास देखाएर बलात्कार भएको प्रति दुःख व्यक्त गर्दै दोषीमाथि हदैसम्मको कारवाहीको माग गरेको छ । शुक्रबार विज्ञप्ति प्रकाशन गर्दै शिव सेनाले प्रहरी प्रशासनलाई कुनैपनि दबाबमा नपरी कडा सजाय दिलाउन अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here