- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबर११ जुवाडे पक्राउ

११ जुवाडे पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, ३० मंसिर । दाङमा जुवा खेलिरहेका अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुरबाट जुवा खेलिरहेका ११ जनालाई ५८ हजार ५ सय ५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
तुलसीपुरको घोराही रोडमा रहेको एलेक्स पुलमा जुवा खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले ११ जनालाई ५८ हजार रूपैयाँसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर–८ दुधेनाका टेकबहादुर घर्ती, राजेशकुमार बोहरा, पुल हाउस सञ्चालक कमल घर्ती, तुलसीपुर–६ का अजय बस्नेत, तुलसीपुर–५ का गोकर्ण बुढाथोकी, तुलसीपुर–१८ का लक्ष्मण गिरी रहेका छन् ।
त्यसैगरी, तुलसीपुर–५ का शिवकुमार वली, सिद्धान्त गुरूङ, रूपेशकुमार गुप्ता, सन्दिप सेर्पाइली, रञ्जीत श्रेष्ठ रहेको प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । प्रहरीले ५८ हजार ५ सय ५० रूपैयाँ सहित दुई गड्डी तास र कार्पेट बरामद गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here