ह्विलचियरको सहारामा सुरेश

फिचर

चन्द्रा बस्नेत

नाम सुरेश विक तर सबैले बिसुरेश बैरागी कान्छा भनेर चिन्छन् र बैरागी कान्छा उपनामले परिचित तुलसीपुर उपमहानगरपालिका–९ दोघरेका सुरेश चालक बन्ने सपनाले आजभन्दा करिब एक दशक अघि पेशाले गाडीको सहचालक थिए, दैनिकी सहचालकको रुपमा बितिरहेको थियो ।
एकदिन गर्मीको समय थियो, शितलका लागि बाहिर खुल्ला चौरमा गएका थिए । खुल्ला चौरमा सुतिरहेको सुरेश केही दिनपछि अस्पतालमा आफ्नो उपचार भइरहेको थाहा पाए । थाहा पाउँदा उनको शारीरिक अवस्था निकै नाजुक अवस्थामा पुगेको थियो ।
कारण थियो– चौरमा एकैछिन् आराम गरिरहेका सुरेशमाथि उनी कार्यरत गाडीले नै उनीमाथि आएर उनको सहचालकबाट चालक बन्ने सपना त अधूरो भयो ।
विपन्न परिवारका सुरेशको चालक बन्ने सपना अधूरो त भयो नै । साँझ बिहानको दैनिकी कसरी चलाउने समस्या पनि बल्झियो ? आर्थिकरुपमा पनि विपन्न सुरेशको साथमा वृद्ध भैसकेकी आमा हुनुहुन्छ ।
घटनापछि गम्भीर घाइते भएका सुरेश तत्कालीन राप्ती अञ्चल अस्पतालमा उपचारमा रहेको समयमा अस्पतालका एक डाक्टरले नै उनलाई त्यहि अस्पतालमा कामको व्यवस्था मिलाइदिए पछि उनी अहिले त्यहि पेशाबाट आमा र आफ्नो जीवनयापन गर्दै आएका छन् ।
 

दुर्घटनामा पछि सुरेशले अस्पतालमा अहिले बिल काट्नेलगायतका काम गर्दै दैनिकी त चलाएका छन् तर अपाङ्गता भएकै कारण विभिन्न चुनौतिको सामाना गर्नुपरेको छ ।
केही सामान किन्न पसलमा जाँदासमेत माग्न आयो कि भनेर व्यापारीले अभद्र व्यवहार गर्ने गरेको उनी बताउँछन् । ‘हाम्रो समाजमा शारीरिक रुपमा अशक्त व्यक्ति अर्थात् अपाङ्गता व्यक्तिलाई फरक र कमजोर दृष्टिले हेर्ने चलनको हावी छ, हामी अपाङ्गता भएका मानिसहरु त पसलमा जाँदासमेत दुःख खेप्नुपरेको छ,
सामान किन्न खोज्दा पनि माग्न आएको होकि जस्तो मानेर साहुजीले राम्रो व्यवहार गर्ने गर्दैनन्, पैसा दिने हो किन यस्तो व्यवहार गर्नुहुन्छ भनेर सम्झाउने गरेको छु उनी भन्छन् ।
शारीरिक रुपमा पूर्णरुपमा अशक्त सुरेशले सकेसम्म मागेर खानु नपरोस् भन्ने अठोटका साथ काम गरिरहेका छन् । ‘हामीजस्ता अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्ग व्यक्तिले सरह केही गर्न सक्छन् तर समाजमा हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन्’उनले भने ।
आजभन्दा १० वर्ष अघि मात्रै आफैले काम गर्ने गाडीले किच्दा दुर्घटनामा परी अपाङ्गता भएका सुरेशको अहिले शरीरको कम्मरको भागदेखि तलतिरको कुनै भाग चल्दैन् ।
उनको जीवन अहिले ह्विलचियरको सहारामा चलेको छ । सुरेश शारीरिक रुपमा अपाङ्गता भए पनि जीवनलाई सहज बनाउन सशक्तरुपमा लागेका छन् ।
आमा र आफूलाई दैनिक चलाउन धौ–धौ परिरहेको अवस्थामा महिनैपिच्छे आफूलाई चेकजाँच गराउन समस्या हुने गरेको उनले बताए । उनले प्रदेश टुडेसँगको भेटमा भने

 
‘आधा शरीर मरिसकेको मान्छे म तर पनि अब मलाई आमाको धेरै चिन्ता लाग्छ र मैले आफूले सकेको काम गर्नपछि पर्दिन्, कहिकतै पसलमा जाँदा आफूलाई यो माग्ने होकि भन्ने नजरले हेरि फरक व्यवहार गर्दा दुःख महशुस पनि हुन्छ ।’
शारीरिक रुपमा अशक्त हुँदा पनि उनले भर्खरै मात्र सम्पन्न भएको जिल्लास्तरीय दोस्रो पारा टेवुल टेनिस खेलमा जिल्ला प्रथम भई स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनी त्यतिमा मात्र सीमित छैनन् । उनी एक कुशल गजलकार पनि हुन् ।
उनले सिर्जना गर्ने हरेक साहित्यमा यर्थात् बोलेको हुन्छ । आफू अशक्त भएर पनि निकै साहस र हिम्मत भएका सुरेशले आफूहरुलाई राज्यले पनि उपेक्षा गरेको बताए ।
‘अधिकार आएका छन् तर कार्यान्वयनमा समस्या छ’ उनले भने ‘हामी पनि अपाङ्गता भएकालाई घृणा हैन मायासँगसँगै अवसर पनि दिएर सभ्य नेपाली नागरिकको परिचय दिऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *