- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeविचारहोमस्टे ग्रामीण पर्यटकको पूर्वाधार

होमस्टे ग्रामीण पर्यटकको पूर्वाधार

- Advertisement -spot_img

गाउँघरमा घुम्दाको मज्जा भिन्दै हुन्छ । नेपालमै छन्, असंख्य घुम्न लायक ठाउँहरु । नेपालमा के छैन ? समुन्द्रको किनार मात्र छैन, सबथोक छ यहाँ । घुमघाम गर्ने ठाउँको पहिचान मात्र गर्न जान्ने हो भने अनगिन्ती ठाउँ छन् ग्रामीण क्षेत्रमा पर्यटकले पुग्ने ठाउँ । समूहमा घुम्दा फरक आनीबानी र ज्ञानको आदानप्रदान हुन्छ । मन हल्का हुन्छ र आत्मविश्वास बढेर आउँछ । अरुलाई सत्कार गर्ने परम्पराको विकास हुन्छ । सामाजिक जनजीवन, कला, संस्कृतिसँग पहिचान हुन्छ । अर्कोतर्फ भौगोलिक विविधतासँग नजिक हुन सकिन्छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भिÏयाउने कार्ययोजना तयारी गरिरहेको छ । स्थानीय तहमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढेको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण क्षेत्रमा होमस्टे बढ्न थालेको छ । पदयात्राका लागि पदमार्ग धेरै भएकाले होमस्टेको अवधारणा सरकारले ल्याएको हो ।
ग्रामीण क्षेत्रमा होमस्टेको सेवाले पर्यटकहरुलाई सुविधा भएको छ । ग्रामीण बस्तीमा होमस्टे सञ्चालनले स्थानीय स्रोत साधनको परिचालन, स्थानीय कृषिको प्रवद्र्धनसँगै अर्गानिक खानाले स्थानीयको आर्थिक सुधार पनि हुन्छ । होमस्टे सञ्चालन गर्दा स्थानीय कला, संस्कृति र जीवन पद्धतिको समेत संरक्षण हुन्छ ।
पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर, समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवालाई होमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट कार्यान्वयनमा आउन थालेको हो । नेपालमा पहिलो पटक होमस्टे सञ्चालन गर्ने जिल्ला हो स्याङ्जा । स्याङ्जाको सिरुवारीलाई होमस्टेको उद्गम थलोको रुपमा परिचित छ ।
यसको प्रभावले लमजुङ जिल्लाको घलेगाउँ हुँदै होमस्टे अहिले देशव्यापी रुपमा फिजिएको छ । होमस्टेको पर्यटकीय अवधारणा नेपालमा मात्रै हैन अमेरिका लगायतका मुलुकमा पनि अगाडि बढेको पाईन्छ । अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका शक्तिशाली देशहरुमा व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामीण पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरुमा व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि होमस्टे सुरु गरिएका छन् । यस्तै छिमेकी देश भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् ।
अहिले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे साँस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घर–घरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । यसलाई हाम्रो परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ ।
हाम्रो समाजमा पहिले अध्ययनका लागि परदेश हिडेका व्यक्ति, नुन तेल लिन जाने आउनेहरु रात परेपछि बाटैमा बास बस्नुपर्ने अवस्था थियो । त्यतिबेला अहिलेका जस्ता होटेल थिएनन् । यसरी बास बस्ने पाहुनालाई घरधनीले केही पैसा लिएर भाँडाकुडा, दाउरा, पानी, नुन, तेल दिने प्रचलन थियो । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरुलाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ त्यहि खान दिने त्यसबापत न्यूनतम रकम मात्र लिने चलन अहिले पनि गाउँघरमा यदाकदा छदैछ । यही चलनको आधुनिक रुप होमस्टे हो ।

गाउँले जीवनसँग गाँसिएको होमस्टेले आन्तरिक पर्यटकलाई मात्र नभएर विदेशी पर्यटकलाई समेत नयाँ उत्सुकता हुने गरेको छ । विभिन्न पर्यटकीय पदमार्गमा सञ्चालन भएको होमस्टेले स्थानीय रुपमा रोजगार, अर्थ विकास र समृद्धि गाउँसम्म पु¥याएको छ । अर्गानिक पर्यटन, जिरो कार्बन पर्यटन र जीवित संस्कृतिको थलोका रुपमा ग्रामीण पर्यटनको विकासमा होमस्टेले फड्को मारेको छ ।

हामीकहाँ ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो । त्यसो त होमस्टेको छुटै विशेषता छ । आनन्द र महङ्खव छ । होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मीयता पनि मिल्छ । एउटै परिवारजस्तै भएर बस्न सकिन्छ ।
त्यसैले बिदामा कतै घुमघामको योजना बनाई रहेकाहरुलाई होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानीय रहसन सहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ । यद्यपि, त्यसबाट अझ लाभ लिन वा होमस्टेको आनन्द उठाउनका लागि केही कुरामा भने ध्यान दिनैपर्छ । वास्तवमा हामी एक अपरिचित घरमा पाहुना लाग्ने हो । त्यहाँको रहनसहन, चालचलन सबै कुरामा हामी बेखबर हुन्छौँ । त्यसैले त्यहाँ जानुअघि सामान्य जानकारी भने लिनुपर्छ ।
दुर्गम तथा स्थानीय क्षेत्रमा सञ्चालन रहेको होमस्टेमा हरेक प्रकारको खानादेखि बसोबास गर्ने रुममा समेत स्थानीय झल्को आउने तस्विर देख्न पाउछन् । गाउँले जीवनसँग गाँसिएको होमस्टेले आन्तरिक पर्यटकलाई मात्र नभएर विदेशी पर्यटकलाई समेत नयाँ उत्सुकता हुने गरेको छ । विभिन्न पर्यटकीय पदमार्गमा सञ्चालन भएको होमस्टेले स्थानीय रुपमा रोजगार, अर्थ विकास र समृद्धि गाउँसम्म पु¥याएको छ । अर्गानिक पर्यटन, जिरो कार्बन पर्यटन र जीवित संस्कृतिको थलोका रुपमा ग्रामीण पर्यटनको विकासमा होमस्टेले फड्को मारेको छ ।
होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने गर्दछ । गाउँमा स्वरोजगारका अवसरले आम्दानीका अवसरहरु वृद्धि हुँदै जान्छ । आम्दानीका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने अवसर सिर्जना गराउँछ । होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । त्यसको साथै होमस्टे सञ्चालन गरी ग्रामीण क्षेत्रका जनताहरुलाई पर्यटन सेवामा सहभागी गराउने पनि यसको लक्ष्य हो ।
होमस्टेमा बास बस्दा शिष्टाचार पालना गर्नुपर्दछ । सकेसम्म परिवारका सदस्यलाई साइनो लगाएर सम्बोधन गरौँ । काका, दाजु, भाइ, बहिनी, फुपु । यसले उनीहरुसँग निकट हुने अवसर दिलाउँछ । साथै साइनो अनुसार उचित व्यवहार गरौँ । आफू बस्ने कोठा, आफूले प्रयोग गर्ने बाथरुम सफा राखौं । जसरी हामीले उनीहरुको बोली व्यवहारको ख्याल गरिरहेका हुन्छौ, त्यसैगरी उनीहरुले पनि नव आगन्तुक पाहुनाको हरेक कुरामा निगरानी गरिरहेका हुन्छन् । आफू बसेको परिवारका सदस्यहरुसँग कुराकानी, भलाकुसारी गराँै । त्यस स्थानको विशेषता, दर्शनीय स्थान, रहनसहन, संस्कृति आदिको बारेमा चर्चा गरांै । साथै निजी कुराहरु पनि गर्न सकिन्छ । उक्त परिवारका निजी कुराहरुमा चासो राख्न सकिन्छ ।
पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महङ्खवपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रितिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । भ्रमणबाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ ।
पर्यटकहरुको लागि गाउँघरमा भ्रमण गर्ने धेरै स्थलहरु भएपनि ती सबै स्थानको पहिचानसमेत गर्न नसकेको अवस्था छ । भने अर्काेतिर पहिचान भएका स्थलको बारेमा पनि प्रचारप्रसारको अभाव देखिन्छ । धेरै ठाउँमा भ्रमणको लागि यातायात र सञ्चारको पनि समस्या रहेको छ । जिल्लामा भ्रमण स्थल अर्थात् पर्यटकीय स्थलको समूचित विकास र व्यवस्थापन हुन सकेको छैन । ग्रामीण पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा ग्रामीण पर्यटकीय संस्कारको विकास भएको छैन ।
नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपालीहरुलाई पर्यटक नै नठान्ने प्रवृति ब्याप्त हुनुको कारण पनि पर्यटन शिक्षाको कमि नै हो । नेपालमा ग्रामीण पर्यटनबाट लाभ लिनको लागि पर्यटन मैत्री समाज र संस्कृतिको विकास गर्नुपर्दछ । यसका लागि विद्यालय र विश्वविद्यालयका हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनुपर्दछ । खासगरी विद्यालय तहमा अतिथि सत्कार, पथ प्रदर्शन, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभल एजेन्सी सञ्चालनसम्बन्धी ज्ञान दिने व्यवस्था मिलाउनुपर्छ ।
नेपालीहरुलाई आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र ग्रामीण पर्यटकहरुलाई पनि विदेशी पर्यटक सरह सम्मान गर्ने प्रवृतिको विकास गर्न सकियो भने ग्रामीण पर्यटनको विकास हुन सक्दछ । ग्रामीण एवं बाह्य पर्यटकहरुको आगमन गराउन हरेक गाउँ र बस्तीमा होमस्टे सञ्चालनमा ल्याउनुपर्दछ । गाउँघरको सरसफाई निर्माण भएका सडकको मर्मत सम्भार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ ।
विश्व पर्यटन संगठनले दिएको परिभाषा अनुसार कुनै पनि मानिस पर्यटक बन्नको लागि उसले आफू बसोबास गरेको स्थानबाट अर्काे स्थान कम्तीमा एक रात बिताउनु पर्दछ । यदि ऊ गएको स्थानमा उसले रात बिताउँदैन भने उसलाई भ्रमणकर्ता मात्र भनिन्छ । पर्यटक र पर्यटन यात्रा, बासस्थान, गन्तव्यस्थल, अर्थसँग जोडिएको हुन्छ । पर्यटकले आफ्नो क्षमता र चाहनाअनुरुप यात्रामा निस्किदा खर्चको बजेट तय गरेको हुन्छ । पर्यटकले कुनै पनि गन्तव्य स्थलमा गएर पैसा खर्च गर्नु पर्यटकका लागि ठूलो कुरो होइन । तर, उसलाई त्यस स्थलसम्म पुगेर पैसा खर्चिने वातावरण सिर्जना गरिनु महङ्खवपूर्ण कुरा मानिन्छ ।
पर्यटकको यात्रामा जाने चाहना र स्वार्थ फरक–फरक हुन्छ । समय बिताउनु, बिदा मनाउन, मनोरञ्जन गर्न, समाज संस्कृति बुझ्न, अध्ययन अवलोकन गर्न आदिका कार्यका लागि पर्यटक भ्रमणमा निस्कन्छन् । पर्यटकले यात्रा गर्नुपूर्व आफ्नो प्रकृतिअनुसार गन्तव्यस्थल पहिचान गरेर मात्र निस्कन्छन् । मानवको चाहनाद्वारा नै पर्यटनको प्रकृतिको जन्म हुन्छ । पर्यटनको प्रकृतिका विषयमा चर्चा गर्दा प्राकृतिक वा मानवनिर्मित विषयवस्तु र त्यसप्रतिको मानवीय स्वभावको सम्बन्धमा अन्तरविश्लेषण गरिनुपर्छ । प्राकृतिक वा मानव निर्मित गन्तव्य स्थल पनि कोही पर्यटकका लागि महङ्खव हुन्छ भने कसैको लागि त्यही महङ्खव नहुन सक्छ । संसारभरका मानिसको धारणा एकै हुँदैन । यसले पनि पर्यटकीय स्थलको महङ्खवलाई फरक पार्छ ।
प्रकृतिले उपहारस्वरुप हामीलाई प्रदान गरेका चिजबिज जस्तै, वन–जंगल, हिमाल, पहाड, जीव–जनावर आदि हुन् । यस्तै मानव निर्मित ती वस्तुहरु हुन् जुन मानवद्वारा सिर्जित भएका हुन्छन् । जस्तै साँस्कृतिक एवं धार्मिक चालचलन, ऐतिहासिक धरोहर, वर्तमान सभ्यता, धार्मिकस्थल, मानवीय व्यवहार वा कार्य आदि पर्छन् । यी सबै चिजले पर्यटकलाई आकर्षित गर्छ । वास्तवमा पर्यटनको प्रकृति भनेको मानवीय चासोले उत्पन्न गराउने विषय हो । यी कुरा हरेक पर्यटकका लागि त्यत्तिकै चासो वा महङ्खवको हुन्छ भन्ने चाहिँ हुँदैन । र, सबैले एउटै प्रकारको उपभोग गर्छन् भन्ने पनि हुँदैन ।
जीवनलाई अनुभवहरुको सङ्गालो पनि भनिन्छ । त्यसैले अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महङ्खवपूर्ण हुनुपर्दछ । अझ आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । पढेर भन्दा पनि आफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन ।
जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ–नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महङ्खवका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरु तयार गर्नका लगि समय दिनुपर्दछ । यसरी तयार गरिएका टिपोटहरुबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here