- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरहोटलको स्तरीकरण

होटलको स्तरीकरण

- Advertisement -spot_img

घोराही, २७ बैशाख । सरकारले घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विभिन्न सरोकारवालासँगको समन्वयमा घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालेको हो ।
एक साता पहिले तुलसीपुरमा स्तरीकरण गर्न सुरु गरेको डिभिजनले बिहीबारबाट घोराहीका होटलहरुको अवस्था बुझ्न थालेको हो । होटल तथा रेष्टुरेन्टहरुको चौतर्फि व्यवस्थापकीय पक्षहरुलाई हेरेर स्तरीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जाराले जानकारी दिए । विभिन्न पक्षलाई समेटिएका ५० सूचकहरुका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिने उनको भनाई छ ।
९० भन्दामाथि अंक ल्याउने अतिउत्तम, ८० देखि ८९ सम्म अंक ल्याउने उत्तम, ६५ देखि ७९ सम्म अंक ल्याउने सन्तोषजनक र ५० देखि ६४ अंकसम्म ल्याउनेलाई सामान्य अवस्थामा वर्गीकरण गरिने नीति रहेको छ ।
बिहीबार पहिलो दिन घोराहीका होटल सिटी प्लाजा, होटल डोको र साइनो होटलको अनुगमन गरिएको छ । जसमा सिटी प्लाजा अतिउत्तम, डोको सन्तोषजनक र साईनो होटल सामान्यमा वर्गीकरण भएका छन् । अति उत्तम हुन नसकेका होटल तथा रेष्टुरेन्टलाई सुधार गर्नका लागि निवेदन दिएर एक महिनाको समय दिनेसमेत व्यवस्था गरिएको छ ।
यसैबीच घोराहीमा स्थानीय खाद्य स्वच्छता समूह गठन गरिएको छ । दाङ देउखुरी होटल व्यवसायी समितिका सचिव ईश्वरकुमार बुढाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा घोराही उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख होमलाल भुसाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाह, जिल्ला प्रशासनका स्यामकुमार आचार्य,
होटल व्यवसायी महासंघ प्रदेश ५ का दिपेन्द्र पुन, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष केशवकुमार शर्मा रहेका छन् । समितिको सदस्य सचिवमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जारा रहेका छन् । सोही समितिले घोराहीका होटलहरुको स्तरीकरण गर्न थालेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here