- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeविचारहेडसर सिण्डिकेट हटाऊ

हेडसर सिण्डिकेट हटाऊ

- Advertisement -spot_img

सामुदायिक विद्यालयमा देखिएको प्रधानाध्यापक अर्थात हेडसरहरुको आजीवन पदलाई हटाएर अब विद्यालयभित्रको प्रअ सिन्डिकेट अन्त्यको आवश्यकता देखिएको छ । विद्यालयहरुमा लामो समयदेखि भएको प्रधानाध्यापकहरुको सिन्डिकेटका कारण विद्यालय सञ्चालनमा समेत प्रभाव पर्ने गरेको सार्वजनिक भएपछि यसको अन्त्यको आवश्यकता देखिएको हो । दाङका अधिकांश विद्यालयहरुका यो अवस्था सार्वजनिक भएसँगैे शिक्षा सरोकारवालाहरु अब यसको अन्य गरेर प्रधानाध्यापकको सिन्डिकेट हटाउनतर्फ लाग्नु पर्छ ।

विद्यालयको शैक्षिक गुणस्तरमा समेत आजीवन प्रअ सिन्डिकेटले बर्बाद बनाएको छ । कतै पनि राम्रो कार्यसमेत भएका उदाहरण समेत पनि रहेका छन् । तर पनि धेरै विद्यालय बर्बाद भएका छन् । विद्यालयहरुमा गठन भएका विद्यालय व्यवस्थापन समिति तिनै विद्यालयका प्रधानाध्यापकहरुले आफू अनुकूल बनाएर प्रधानाध्यापकले बर्साैदेखि राज गरिरहेका छन् । यस्तो कारणले केही विद्यालयहरुबाहेक अधिकांश विद्यालयलाई गतिलो तरिकाले सञ्चालन गर्न समेत कठिन देखिन्छ । त्यसकारण पनि अब प्रअ सिन्डिकेटलाई तत्काल हटाएर नीतिगत रुपमा प्रअ छनोट कार्यलाई बढाउनुपर्छ ।


अन्य पदजस्तै विद्यालयका प्रधानाध्यापकहरुको पदमा पनि निश्चित समय सीमा तोकिएको हुन्छ । तर त्यो समय सीमा प्रअहरुका लागि मान्य देखिदैन । एकपटक प्रधानाध्यापक भयो भने आजीवन पद नछोड्ने प्रवृति देखिएको छ । प्रधानाध्यापकको कार्यकाल पाँच वर्षको भनेर शिक्षा ऐनले स्पष्ट ब्यवस्था गरिदिएको छ । तर त्यो नीति विद्यालय र विद्यालयमा रहेका प्रधानाध्यापकमा कार्यान्वयन भएको छैन । केही प्रधानाध्यापकहरुले लामो समयसम्म विद्यालयहरुमा आफू नै प्रधानाध्यापक भैरहने प्रयत्न गरेका छन् । जिल्लाका अधिकांश विद्यालयमा यो अवस्था छ । विद्यालयमा प्रधानाध्यापकहरुले आफ्नो सिन्डिकेट कायमै राखेको गुनासोसमेत बढिरहेको अवस्थामा यसलाई तत्काल व्यवस्थापन गर्नुपर्नेछ । सिन्डिकेटले लामो समयदेखि विद्यालयहरुमा प्रधानाध्यापकहरुको हालीमुहाली कायम रहँदा आर्थिक अपारदर्शीदासमेत बढ्दै गएको पाइन्छ । निरन्तर रुपमा एकजना ब्यक्ति एकै पदमा त्यो पनि एउटै संस्थामा हुँदा त्यसभित्र आर्थिक अनियमितता हुने र ढाकछोप गर्नेसमेत अवस्था आउने गरेका धेरै घटनाहरु सार्वजनिक हुँदैछन् । शिक्षा क्षेत्र भित्रेको यो अवस्थालाई हटाउन पनि प्रधानाध्यापकहरुको नेतृत्व सिन्डिकेट खारेजको जरुरी देखिन्छ ।
विद्यालयको शैक्षिक गुणस्तरमा समेत आजीवन प्रअ सिन्डिकेटले बर्बाद बनाएको छ । कतै पनि राम्रो कार्यसमेत भएका उदाहरण समेत पनि रहेका छन् । तर पनि धेरै विद्यालय बर्बाद भएका छन् । विद्यालयहरुमा गठन भएका विद्यालय व्यवस्थापन समिति तिनै विद्यालयका प्रधानाध्यापकहरुले आफू अनुकूल बनाएर प्रधानाध्यापकले बर्साैदेखि राज गरिरहेका छन् । यस्तो कारणले केही विद्यालयहरुबाहेक अधिकांश विद्यालयलाई गतिलो तरिकाले सञ्चालन गर्न समेत कठिन देखिन्छ । त्यसकारण पनि अब प्रअ सिन्डिकेटलाई तत्काल हटाएर नीतिगत रुपमा प्रअ छनोट कार्यलाई बढाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here