- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरहुलाकी राजमार्गका भत्किए संरचना

हुलाकी राजमार्गका भत्किए संरचना

- Advertisement -spot_img

लमही, ७ असोज । हुलाकी राजमार्गको गढवा कोइलाबास सडकखण्डमा पर्ने गढवा बजारको मुख्य चौराहाका व्यापारिक संरचनाहरु डोजर लगाएर हटाइएको छ ।
कालोपत्रे गर्ने कार्यलाई सहज बनाउन गाउँपालिकाका ११ वटा संरचना हटाइएको हो । अब लमही कोइलाबास सडकखण्डमा मुआब्जा बुझेर पनि संरचना भत्काउन आनाकानी गरेका भौतिक संरचनाहरु पनि भत्काइने भएको छ ।
सडक कालोपत्रेको क्रमलाई सहज बनाउन पहिले गाउँपालिकाले संरचना हटाएको गढवा गाउँपालिका–६ का वडा अध्यक्ष बालचन्द्र ठकुरी हमालले जानकारी दिए ।
अटेरी गरी संरचना नहटाएमा बल प्रयोग गरेरै भए पनि स्थानीय सरकारले हटाउने उनको भनाइ छ । यसका साथै बजारको मुुख्य चौराहा वरिपरि रहेका घुुम्ती तथा ढेब्लीहरु पनि हटाइने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here