Sunday, April 14, 2024
Homeमुख्य खबरहुम्लामा सबैभन्दा बढी मतदान

हुम्लामा सबैभन्दा बढी मतदान

- Advertisement -spot_img

दाङ, १५ मंसिर । तीनैतहका रिक्त पदमा शनिबार भएको मतदानमा ६५.४३ प्रतिशत मत खसेको छ । रौतहट र हुम्लामा ८५ प्रतिशत मत खसेको छ भने रोल्पा थवाङमा वडा अध्यक्षका लागि भएको मतदानमा १६.४ प्रतिशत मात्रै मत खसेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको दाबी गरेका थिए । ‘मतदाताको व्यापक उत्साहपूर्ण सहभागिता रह्यो’ उनले भने ।
मतदानका क्रममा कास्की, लम्जुङलगायत ठाउँमा बम विस्फोट भएपनि खासै असर नपरेको उनले बताए । आयोगले मतदाता परिचयपत्र नभए पनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता वा राहदानीलगायत परिचयपत्रबाट पनि मतदान गर्न दिएको थियो । तीनैतहका रिक्त पदका लागि चार लाख ५४ हजार मतदाता थिए । तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ । ‘७० प्रतिशत मत खस्छ भन्ने आँकलन थियो’ उनले भने ।
संघीय निर्वाचन क्षेत्र सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको आयोगको भनाइ छ । यहाँ २०७४ सालमा खसेकोभन्दा कम मत खसेको छ । कास्की–२ मा ४६ हजार पाँच सय मत खसेको हो । यस्तै भक्तपुरमा ७० प्रतिशत, धरानमा ५९ प्रतिशत मत खसेको छ । चार सय १९ पर्यवेक्षक खटिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here