- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरहिरासत कक्ष सुविधा सम्पन्न

हिरासत कक्ष सुविधा सम्पन्न

- Advertisement -spot_img

सल्यान, १० साउन ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा नयाँ हिरासद कक्ष निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानमा बिहीबारदेखि नै नयाँ कक्षको शुभारम्भ गरेको छ । कक्षको सरोकारवाला निकायले अवलोकनसमेत गरेका छन् । आरोपित ब्यक्ति दुर्गन्तिध हिरासतमा बस्नु पर्ने ब्याध्यता रहेकोमा अबदेखि सुविधा सम्पन्न कक्षमा बस्न पाउने छन् ।
जिल्ला प्रहरी प्रमुख भरत विकको अध्यक्षता, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी प्रमुख आतिथ्यतामा तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले जिल्लामा हिरासत कक्ष नमुना बनेको यो प्रक्रिया जिल्ला भरी लैजानुपर्ने बताए । जिल्ला भरीमा मध्यपान तथा लागूऔषध निर्मूलमा प्रहरीले गरेको सहयोगका प्रंशसा गरे । ब्यक्ति अदालती प्रक्रियामा नजाँदासम्म हिरासत बस्नुपर्ने भएकोले उसको स्वच्छ हावापानी, सफा, सुन्दर वातावरणयुक्त हिरासत हुनुपर्ने प्रावधान रहेकोले जिल्लाका सबै हिरासतहरु सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिएको प्रमुख अधिकारी परमानन्द घिमिरेले बताए । देशमा औंला गन्न सकिने सुविधायुक्त हिरासत बनेकोमा सल्यानमा प्रहरी प्रमुखकै सक्रियतामा हिरासत कक्ष निर्माण बनेको बताए । इच्छा शक्ति भए जुनसुकै काम पनि सजिलै सम्पन्न हुने र त्यति ठूलो बजेटको आवश्यकता पनि नपर्ने जिल्ला प्रहरी प्रमुख भरत विकले बताए । उनले अबको यो सुधार अभियान कार्यक्रममा जिल्लाका सबै हिरासत कक्षसम्म लैजाने बताए । साथै हिरासत कक्ष निर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताए । विशेषगरी श्रीनगर, लुहाम, थारमारेमा सुविधायुक्त हिरासत कक्ष निर्माण गरेर सल्यान जिल्लालाई नमुनाको रुपमा प्रस्तुत गर्ने विकको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here