हिमाल एकाडेमी १५औँ वर्षमा

फिचर समाज

तुलसीपुर, २८ माघ । हिमाल एकाडेमी तुलसीपुर १५औँ वर्षमा प्रवेश गरेको छ । तुलसीपुर क्षेत्रको अब्बल विद्यालय मानिएको हिमाल एकाडेमीले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमसमेत गरेको छ । साप्ताहिक रुपमा विभिन्न क्रियाकलापको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । सामाजिक क्षेत्रदेखि खेलकुद प्रतियोगितासम्मका गतिविधि गरेको विद्यालयले आइतबार विशेष समारोहका बीच अभिभावक दिवससमेत मनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पाठ्यक्रमका गतिविधिका अलावा विद्यालयले विद्यार्थीहरुको सिर्जनशीलताका लागि अतिरिक्त क्रियाकलाप गराइरहेको भन्दै त्यसले विद्यालयको छुट्टै पहिचान दिएको बताएका थिए । उनीहरुले अबको शिक्षा सस्कारी र संस्कृतिको विकास गराउने खालको दिनुपर्ने बताएका थिए ।
विद्यालय सञ्चालन समितिका सदस्य गणेश अधिकारीको अध्यक्षतामा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष सरीता देवकोटाले शिक्षामा निजी विद्यालयको भूमिका उल्लेख्य रहेको बताइन् । निजी विद्यालयहरु राज्यका अभिन्न अंगको रुपमा विकास भएको भए पनि राज्यले हेपाहको दृष्टीले हेरिरहेको बताइन् । अबको शिक्षा पाठ्यक्रममा मात्रै आधारित बनाइनु नहुने बताइन् । अबको शिक्षा समय अनुकूलको हुनुपर्छ, उनले भनिन्, शिक्षा समय सापेक्ष भयो भने मात्रै विद्यार्थीहरुको क्षमतामा विकास हुन्छ । उनले सस्कारका केन्द्रित शिक्षा दिनसके बालबालिकाहरु सस्कारी बन्ने भन्दै सस्कार र संस्कृतिको संरक्षण गर्ने शिक्षा विद्यालयमा आवश्यक रहेको बताइन् । सस्कार र संस्कृति कसैले पनि विर्सन हँुदैन देवकोटाले भनिन्, यसमा विद्यार्थी शिक्षकले ध्यान दिनुपर्छ । विद्यालय शिक्षा र बालबालिकाको लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय अपरिहार्य भएको बताइन् । विद्यालयका प्रिन्सिपल मधुसूदन केसीले स्थापना कालदेखि नै विद्यालयले गुणस्तरीय शिक्षा दिदै आएको भन्दै विद्यालयले उत्पादन गरेका विद्यार्थी सबै ठाउँमा बिक्न सक्ने बनेको बताए । उनले पाठ्यक्रमको मात्रैभन्दा पनि विद्यार्थीको सामाजिक, मानसिक विकासका लागि फरक शैलीको सिकाइ अपनाईरहेको बताए । उनले जिल्लामा पहिलो पटक विद्यालयमा कक्षा ११ मा कानून विषयको पढाइ सुरु गरिनुले पनि अरुभन्दा फरक शिक्षा दिनेमा हामी अघि छाँै भने गर्व छ, केसीले भने शैक्षिक गुणस्तरमा कुनै कमि आउन दिदैनौ । केसीले अभिभावकको सहयोगले विद्यालय सबै हिसावमा सम्पन्न हँुदै गएको बताए । उक्त अवसरमा विद्यालयमा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । विद्यालयका शिक्षक जीवन शर्मा, इन्दिरा बस्याल पाण्डे, नेत्रमणि पाण्डे, गीता रेग्मी, श्रद्धा बस्नेतलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नवीन पराजुली र अनिमा वैद्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *