- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदहिमाल एकाडेमीमा खेलकुद दिवस

हिमाल एकाडेमीमा खेलकुद दिवस

- Advertisement -spot_img

तुलसीपुर, २२ माघ । हिमाल एकाडेमी तुलसीपुरले खेलकुद दिवस मनाउन सुरु गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सव अवसरमा खेलकुद दिवस तथा वार्षिकोत्सव गतिविधि सुरु गरेको छ । सोमबारदेखि सुरु भएको खेलकुद दिवस २५ गते समापन गरिने छ ।
बालबालिकाको प्रतिभा प्रस्तुत गर्न विद्यालयले वार्षिकोत्सवका अवसरमा खेलकुद सञ्चालन गरेको विद्यालयल शिक्षक भिमलाल मरासिनीले जानकारी दिए । कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाको खेलकुदलाई प्राथमिकतामा राख्दै माघ २१ गते सोमबार विभिन्न प्रतियोगिता सञ्चालन गएिको र अन्य कक्षाको लागि मंगलबारदेखि सञ्चालन गर्न लागिएको उनले बताए । त्यसै गरेर मंगलबार विद्यालयमा रक्तदान कार्यक्रमको आयोजनासमेत गरिएको छ । विद्यालय सञ्चालक समितिका बरिष्ठ सदस्य बलदेव शर्माको सभापतित्व तथा जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष गिरिराज डाँगीको बिशिष्ट आतिथ्यतामा जुनियर बालबालिकाको खेलकुद दिवस सोमबार सम्पन्न गरिएको हो ।
विद्यालयका प्रिन्सिपल मधुसुदन केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा आज विद्यालय प्राङ्गणमा विज्ञान, कला, साहित्य तथा विविध बिषयको प्रदर्शनी कार्यक्रम रहेको र रक्तदान कार्यक्रम रहेको जानकारी गराइएको थियो । माघ २३ गते अरनिको मैदानमा सिनियर बालबालिकाको खेलकुद दिवस माघ २४ गते विद्यालय प्राङ्गणमा जुनियर सांकेतिक कार्यक्रम रहेको र माघ २५ गते सिनियर बालबालिकाको प्रतिभा प्रस्तुतसहित अभिभावक दिवस रहेकाले सम्पूर्ण अभिभावकलाई उपस्थितिको लागि अनुरोधसमेत गरिएको छ । कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष डाँगीले समृद्ध नेपाल निर्माण तथा असल नागरिक खेलकुदबाट मात्रै उत्पादन हुन सक्ने बताए । खेलकुदले नै विश्वबन्धुत्वको सम्बन्ध विस्तार गर्ने भन्दै खेलकुदले नै निर्माण गरेको बताए । हिमाल एकाडेमीले बालबालिकाको खेलकुदको प्रतिभालाई प्रोत्साहन गरेको र अबका बालबालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम उचो राख्ने माध्यम नै खेलकुद रहेको बताए । कार्यक्रमको सहजीकरण विद्यालकी शिक्षक अनिमा वैद्यले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here