हिमालमा जुरेस पुनर्गठन

समाज

तुलसीपुर,
हिमाल एकाडेमी तुलसीपरमा जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । सर्कलको नवौ साधारण सभाले सर्वसहमतिका आधारमा सर्कलको पुनर्गठन गरेको हो ।
सर्कलका उपाध्यक्ष प्रकृति खड्काको अध्यक्षता तथा सर्कलका संरक्षक विद्यालयका प्रिन्सिपल मधुसुदन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले आर्जु शर्माको अध्यक्षतामा १३ सदस्यीय जुनियर सर्कलको पुनर्गठन गरेको हो । सर्कलको उपाध्यक्षमा अनिश आचार्य, सचिवमा खुमबहादुर भण्डारी, उपसचिवमा आकृति भण्डारी, कोषाध्यक्षमा दिपक अधिकारी रहेका छन् । साधरणसभाले वार्षिक कार्ययोजना तयार गरी विद्यालयको शैक्षिक प्रगतिमा सर्कलले महङ्खवपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक नायक भिमलाल मरासिनीले रेडक्रसको परिचय, रेडक्रस अभियान र रेडक्रसमा जुनियर रेडक्रस सर्कलको भूमिकाको बारेमा जानकारी गराएका थिए । साथै सर्कलले आज शनिबार बिहान ११ बजे ५२औँ रक्तसञ्चार दिवसको अवसरमा तुलसीपुर नगर विकास समितिको भवन समीक्षालयमा आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा रक्तदान गर्न ईच्छुकहरुलाई उपस्थितिको लागि अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *