- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरहिमालका विद्यार्थीद्वारा रक्तदान

हिमालका विद्यार्थीद्वारा रक्तदान

- Advertisement -spot_img

तुलसीपुर, २५ कार्तिक । तुलसीपुरमा विद्यार्थीहरूले सामूहिक रक्तदान गरेका छन् । हिमाल एकाडेमी तुलसीपुरमा अध्ययनरत विद्यार्थीहरूले कुनै पनि व्यक्तिले रगत अभावको कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान गरेका छन् । आइतबर विद्यालयमा रहेको स्टुडेन्ट क्वालिटी सर्कलको आयोजना तथा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
विद्यार्थी प्रकृति खड्काको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण कुमार आचार्यले रक्तदान गरे व्यक्ति कमजोर हुन्छ भन्ने मानसिकता हटाउन सबैलाई आग्रह गरे । कुनैपनि व्यक्ति रक्तदान गर्दैमा कमजोर नहुने भन्दै उनले गलत मानसिकता हटाएर सहयोगी धारणाको विकास गर्नुपर्ने बताए ।
यस्तै रक्त सञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपानेले विद्यार्थीहरूमा यसरी नै सहयोग र सकारात्मक सोचको विकास हुनुपर्ने बताए । मासिक रूपमा पाँच सय प्वाईन्टसम्म रगत खपत हुने जानकारी दिदै उनले रक्तदान सबैका लागि अत्यावश्यक रहेको बताए । विगतको तुलनामा पछिल्लो समय रगत प्रदान गर्नुपर्छ भन्ने सोचको विकास हुन थालेको बताउँदै उनले यसरी नै एकले अर्काको ज्यान बचाउनतर्फ क्रियाशील बन्नुपर्ने बताए ।
उक्त अवसरमा बोल्दै रक्तदाता कपिल धिताल, राजेन्द्र वली, सीता बस्नेत, ममता केसी, देवीकला वलीलगायतले रगत प्रदान गर्र्नु मानवीय धर्म र जिम्मेवारी रहेको बताए । विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले विद्यालयले आफ्नो वार्षिक कार्यतालिका अनुसार वर्षमा दुईपटक रक्तदान गर्दै आएको जानकारी दिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरूले रक्तदान गरेका थिए भने जसमा सबैभन्दा धेरै सहभागिता छात्राहरूको रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here