हिंसा प्रभावितको न्यायदेखि बलात्कारविरुद्धको ऐक्यवद्धता

मुख्य खबर राजनीति समाज

घोराही, ९ मंसिर । ‘लैंगीक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने मुल नारासहित यो वर्ष पनि २६आँै अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियान मनाईने भएको छ । मंसिर ९ गतेबाट यो अभियान १६ दिनसम्म मनाउन लागिएको हो ।
महिलामाथि हुने हिंसा महिलाविरुद्ध गरिने अपराध हो, मानवअधिकारको हनन् हो भन्ने मूल मर्मलाई आत्मसात गर्दै १६ दिनसम्म महिलासम्बन्धी काम गर्ने सरोकारवाला संस्थाहरुले यो दिवस मनाउँदै आएका छन् । यसै सन्दर्भमा महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल)ले १६ दिनसम्म आयोजना गर्न लागेको कार्यक्रमको बारेमा सार्वजनिक गरेको छ । ओरेक नेपालले यो अभियानमा हिंसा प्रभावित न्यायको लागि पहल गर्नेदेखि बलात्कारविरुद्धको ऐक्यवद्धताका लागि हस्ताक्षर संकलन, देवानी तथा फौजदारी संहितासम्बन्धी जानकारी गराउने कार्यक्रमहरु सार्वजनिक गरेको हो  ।
ओरेक नेपालकी कार्यक्रम संयोजक ईश्वरी थापाले मंसिर ९ गते पहिलो दिन हिंसा प्रभावितहरुको न्यायको लागि पहल गर्ने उद्देश्यले बृहत ¥याली तथा कोणसभा गर्ने बताएकी छन् । महिला क्षेत्रमा काम गर्ने दाङ जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुसँग हिंसा प्रभावितहरुलाई कसरी न्याय दिन सकिन्छ ? भन्ने विषयमा छलफल गर्ने पत्रकार सम्मेलनमा उनले बताईन् । त्यस्तै प्रभावितहरुको न्यायमा पहुँचको लागि दबाव दिने उद्देश्यले बलात्कार विरुद्धको ऐक्यवद्धताको लागि हस्ताक्षर संकलन, लैंगीक विभेदमा आधारित हिंसा, महिलाअधिकार, कानुनी प्रावधान र मनोविमर्श सम्बन्धी जानकारी दिनको लागि तालिम, स्थानीयस्तरमा महिला स्वास्थ्य परामर्श केन्द्र हस्तान्तरण गरी दीगो रुपमा सञ्चालनको लागि पहल गर्नको लागि महिला स्वास्थ्य परामर्श केन्द्र हस्तान्तरण कार्यक्रम गरिने उनले जानकारी दिएकी छन् ।
त्यस्तै लैंगीक हिंसाको घटनाहरुको अवस्थाको तथ्यांक व्यवस्थापनसम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम, महिला स्वास्थ्य परामर्श केन्द्र कार्यक्रम, महिला मानवअधिकार रक्षक दिवसको अवसरमा रक्षकहरुको पहिचान सुरक्षा र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम, दीगो विकास लक्ष्य कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक छलफल, देवानी तथा फौजदारी संहितासम्बन्धी जानकारीको लागि घरदैलो अभियान, महिला तथा बालबालिकाको लागि हिंसाको अवस्था विश्लेषणको लागि सरोकारवालासँग भेटघाट कार्यक्रम, महिला स्वास्थ्य परामर्श केन्द्र हस्ताक्षर कार्यक्रम रहेको उनले बताईन् ।
१६ दिने अभियानलाई सशक्त बनाउनको लागि महिला हिंसाको अवस्थाको बारेमा छलफल गरी, पर्यावरणीय मैत्री नमुना गाउँको आवश्यकतासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठीको आयोजना गरिने उनले बताईन । १६ दिने अभियानको मुख्य उद्देश्य समाजमा रहेको संरचनात्मक विभेदको अन्त्यका लागि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी महिलालाई आत्म सम्मानपूर्वक जीवनयापन गर्नसक्ने उचित वातावरण निर्माणको साथै महिलाको न्यायमा पहुँच सुनिश्चितताको लागि पैरवीको लागि अभियानको रुपमा मनाउन लागेको ओरेक नेपालकी पदमा चौधरीले बताइन् ।
१६ दिने अभियानले लैंगीक समानता सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सरकारले गरेका प्रतिवद्धता अनुरुप राज्यकको दायित्व पूरा गर्न पैरवी गर्ने उनले बताइन्  । महिला हिंसा अन्त्यका लागि आम सचेतीकरणमा अभिवृद्धि गर्ने, महिला हिंसाको घटनाहरुको विश्लेषण गरिएको ‘अन्वेषी’ पुस्तिका विमोचन गरी वर्षभरी महिलामाथि भएका हिंसाको सत्यतथ्य प्रमाणका रुपमा प्रस्तुत गर्नु र सरोकारवालाहरुलाई हिंसाको अवस्थामा अन्त्यको लागि जिम्मेवार बनाउनु, महिला मानवअधिकार रक्षकहरुको महत्व र उनीहरुले निभाईरहेको भूमिकाको बारेमा सबैलाई जानकारी गराउनुका साथै उनीहरुको पहिचान र सुरक्षाको लागि पैरवी गर्ने सहयोग पुग्ने उनले बताईन् ।
पत्रकार सम्मेलनमा मानव अधिकारकर्मि केशबकुमार शर्माले महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा सशक्त रुपमा सफल पार्नको लागि सबैले सहयोग गर्नुपर्ने बताए । संरचना फेरिए पनि सोच फेरी नसकेको अवस्थामा यो अभियानलाई प्रभावकारी रुपमा लैजानुपर्ने उनले बताइन् । पत्रकार सम्मेलनमा महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले महिला हिंसाविरुद्धको १६ दिने अभियानमा सबै स्थानीय तहले समन्वय गरेर अगाडि बढ्नु पर्ने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *