तुलसीपुर, २४ माघ । लैंगीक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ वडास्तरीय सञ्जाल गठन भएको छ । लैंगीक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कायविधि–२०७५ बमोजिम भूमा चन्दको संयोजकत्वमा पदमा चौधरी सचिव, मेघराज घिमिरे कोषाध्यक्ष सदस्यहरुमा चम्फा थापा, सञ्जय कुमार गुप्ता, राजेन्द्र श्रेष्ठ, शान्ति जैसी, महिमा थापा र सल्लाहकारमा वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा सदस्य सावित्रा गुरुङ र मधुमति सुनार रहेको वडास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
सञ्जालले वडामा लैंगीक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ । सञ्जालको मासिक कम्तीमा एकपटक बैठक बसी लैंगीक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्य विधि बमोजिम काम गर्नेछ ।
