हिंसामुक्त समाज निर्माणमा प्रतिवद्धता

मुख्य खबर समाज

गढवा, ८ मंसिर । हिंसामुक्त समाज निर्माणका लागि एक कार्यक्रममा सहभागीहरूले प्रतिवद्धता जनाएका छन् । लैंगीक हिंसाविरूद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन शुक्रबार गढवा गाउँपालिकामा भएको कार्यक्रममा सहभागीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
गढवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष तुलसीराम भुसाल, महिला सदस्यहरू कमला परियार, सावित्रा गहतराज, गाउँपालिकाका रोजगार संयोजक अशोककुमार यादव, नव स्वर्गद्वारी महिला बचतका अध्यक्ष रेखा थापा,
महिलाकर्मी मिना गुरूङ, चञ्चला चौधरी, जयकला विक, शोभा रावत, कमला आचार्य, देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोता केन्द्रका अध्यक्ष गिरिराज भट्ट, सिपि नेपालका जुनु चौधरी, नेपाल रेडक्रस सोसाईटी गढवा शाखा इन्कोर कार्यक्रमका फिल्ड संयोजक देवि प्याकुरेललगायतले अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।
गढवा गाउँपालिकास्तरीय महिला सञ्जालका अध्यक्ष मधा न्यौपानेको अध्यक्षता र गढवा गाउँपालिकाको उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यसैबीच अभियानलाई सफल बनाउन मूल समिति गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीको संयोजकत्वमा ९ सदस्यीय मूल समिति गठन गरिएको हो ।
गाउँपालिकास्तरीय महिला सञ्जालकोे शुक्रबार बसेको बैठकले मूल समिति गठन गरेको हो । बैठकले मंसिर ९ देखि मंसिर २४ गतेसम्म परेको लैंगीक हिंसाविरूद्ध १६ दिने अभियानलाई सफल बनाउन मुल समिति गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *